Breaking News Wednesday, 8 Feb, 2017
Prestige Media

मानव र वनस्पतिबीच वातावरणीय सन्तुलन राख्न कल्पवृक्ष अभियान

पोखरा, २६ माघ । जलवायु परिवर्तनसँगै पृथ्वीमा प्रत्येक वर्ष बढ्दै गएको तापक्रम केही हदसम्म कम गरी मानव र वनस्पतिबीचको वातावरणीय सन्तुलन कायम गर्न पहल गर्ने उद्देश्यले राष्ट्रिय परोपकार महासङ्घ नेपालले कल्पवृक्ष अभियान प्रभावकारी हुँदै आएको छ
हिमनदीको सरसफाइसहित पानीको स्रोत बढाउन एवम् अक्सिजन उत्पादनमा सहयोगी मानिएका पीपल, बर, सोमी, आँप र डुम्रीजस्ता ‘पञ्चपल्लव’ का बिरुवा रोपेर महासङ्घ कल्पवृक्ष अभियानमा जुटेको हो ।

सो अभियानअन्तर्गत ४५ जिल्लामा लगभग १५ हजार बिरुवा रोपिएको महासङ्घका केन्द्रीय अध्यक्ष पण्डित कमलनयन गौतम बताउनुहुन्छ ।

उहाँका अनुसार पवित्र तीर्थस्थल मुक्तिनाथबाट सुरु गरिएको कल्पवृक्ष अभियान कृष्ण गण्डकी, कालीगण्डकी, सेती र मादी नदीलगायत लुम्बिनी, पश्चिम वैद्यनाथ धाम बैतडी, अन्तरगया बेत्रावती नुवाकोटलगायत विभिन्न धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रमा सञ्चालन गरिसकिएको छ ।

विसं २०६८ वैशाख २३ गते अक्षयतृतीयाका दिनदेखि सञ्चालन भएको सो अभियानअन्तर्गत हाल सेती र मादी नदीको सङ्गमस्थल तनहुँ जिल्लाको व्यासपरासर क्षेत्रमा १०८ बिरुवा रोपेर चौतारासमेत निर्माण कार्य भइरहेको बताउँदै अध्यक्ष गौतमले महासङ्घले सञ्चालन गरेको पुण्य कार्यमा स्थानीय विभिन्न सङ्घसंस्था धार्मिक एवम् सामाजिक व्यक्तिको सहभागिता रहेको जानकारी दिनुभयो ।

अभियानका सिलसिलामा कास्की जिल्लाको सार्दीखोलामा निर्माण गरिएका १०८ चौतारा र रोपिएका बिरुवा २०६९ वैशाख २३ गते सेतीनदीमा हिमपहिरोका कारण आएको बाढीले बगाएकामा दुःख व्यक्त गर्दै उहाँले कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रापेका पीपलका बिरुवा र चौतारा भने अहिले पनि सुरक्षित नै रहेको बताउनुभयो ।

पहाडी क्षेत्रमा बढीमात्रमा रहेका खाँेचका कारण आकासीय वायु तरङ्गित भई उत्पन्न विद्युतीय तरङ्गका कारण बढी चट्याङ पर्ने खतरा भएको बताउँदै अध्यक्ष गौतमले भन्नुभयो – “पञ्चपल्लवका बोटको वृद्धिले चट्याङ न्यूनीकरणसँगै क्षति पनि कम हुने वैज्ञानिक आधार छ ।”

“ठूलो धनराशि र समय खर्चेर दान, पुण्य र तीर्थव्रत गर्नुभन्दा घरमै बसेर एउटा चौतारी निर्माण गरेर बर पीपललगायतका बिरुवा रोप्दा बढी पुण्य हुन्छ”, उहाँले भन्नुभयो – “पृथ्वीमा सृष्टि भएका प्राणी, बनस्पति र प्रकृतिको संरक्षण गर्नु मानव जातिको सबैभन्दा महत्वपूर्ण दायित्व हो ।”

प्रकृति र हिमाल संरक्षणका लागि कल्पवृक्षरोपण अभियानसँगै परोपकार महासङ्घले गङ्गा स्वच्छता, गौरक्षा, ज्येष्ठ नागरिक परोपकार चौतारी, असहाय बालगृह, वैद्धिक संस्कृति रक्षाका लागि गुरुकुल आश्रम, औषधालय एवम् एम्बुलेन्स सेवा, विद्यालय, महाविद्यालय र विश्वविद्यालय सञ्चालन अभियानमा समेत जुट्दै आएको महासङ्घका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

धार्मिक सहिष्णुता तथा जातीय सद्भाव कायम गर्दै पुरातन इतिहास बोकेका मठमन्दिर, चौतारी, पोखरी, तलाउ, पाटी पौवा, गुम्बा, चैत्य, प्राकृतिकस्थललगायत शक्तिपीठजस्ता धरोहरहरुको संरक्षण, संवद्र्धन तथा आध्यात्मिक पर्यटकीय गन्तव्यको विकास गरी आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा महासङ्घले दीर्घकालीन योजना अगाडि सारेको संस्थाका सचिव राजेन्द्र पौडेलले चर्चा गर्नुभयो ।

ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको सेतीनदीमाथि अवस्थित प्राकृतिक पुल तथा पर्वत जिल्लाको पाङस्थित सहस्रधारा दिव्यधामजस्ता मुलुकका अनेकाँै तपोभूमिको उजागर गर्ने अभियानमा महासङ्घ जुटेको बताउँदै उहाँले परोपकार महासङ्घका मुलुकका विभिन्न ४५ जिल्लामा शाखा गठन भइसकेका र ७५ जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

महासङ्घले सञ्चालन गरेका विभिन्न धार्मिक, सामाजिक एवम् वातावरणमैत्री कार्यक्रमको निरन्तरताका लागि रु तीन करोडको कोष खडा गर्ने लक्ष्य रहेकामा हालसम्म रु एक करोड ५० लाख जम्मा भइसकेको छ । महासङ्घको विशेष सदस्यका लागि रु एक लाख ५५ हजार ५५५, अक्षयकोष सदस्यका लागि रु ५५ हजार ५५५, श्रेयस्कर सदस्यका लागि रु २५ हजार ५५५, सम्मानित सदस्यका लागि रु पाँच हजार ५५५ र आजीवन सदस्यका लागि रु दुई हजार ५५५ कायम गरी संस्थाको आम्दानीको मुख्य स्रोत बनाइएको छ । संस्थामा हालसम्म विभिन्न प्रकारका पाँच हजारभन्दा बढी सदस्य आबद्ध रहेको बताइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL