प्रमुख समाचार Tuesday, 7 Feb, 2017
Prestige Media

झोलुङगे पुृलको माग बढ्दो

भद्रपुर, २५ माघ । झापा जिल्लामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ ।
समय र लागत कम लाग्ने तथा जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो ।
हाल झापामा रु तीन करोड ८७ लाख ५४ हजार ३६६ लागतमा १३ वटा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

झोलुङ्ग पुल झापामा गरामनी गाविसको धरधरे खोलामा रु १० लाख १५ हजार, चकचकी गाविसको फलैन्ड टापु अधेँरी खोलामा मा रु १७ लाख १६ हजार, विर्तामोड नगरपालिकाको अदुवा खोलामा रु १२ लाख ७१ हजारमा, धाइजन गाविसको ढाक्रे खोलामा रु १५ लाख २६ हजारमा, बुधबारे गाविसको दामा खोलामा रु २८ लाख १६ हजारमा, तोपगाछि गाविसको ढ्याङ्ग्री खोलामा रु १७ लाख ३३ हजारमा, केचना गाविसको झोपुमा रु १२ लाख ४८ हजारमा, शिवसत्ताक्षी नगरपालिकाको मैनाचरी झोपुमा रु १९ लाख ५९ हजारमा, दुवागढी गाविसको हडिया खोलामा रु ६५ लाख १८ हजारमा, डागीवारी गाविसको घाग्रा खोलामा रु ४० लाख ३१ हजारमा, जलथल गाविसको काजली खोलामा रु ५७ लाख ९३ हजारमा, शानिअर्जुन नगरपालिकाको रेखा खोलामा रु ४२ लाख ९१ हजारमा र गरामनी गाविसको देउनीया खोलामा रु ४८ लाख ३२ हजार लागतमा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको जिल्ला विकास समिति झापाका योजना शाखाका डिल्ली नेपालले बताउनुभयो ।

समय र लागत पनि कम लाग्ने, जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने देखिपछि जिविसले पछिल्लो समयमा पक्की पुल निर्माण हुननसक्ने स्थानमा झोलुङ्गे पुल निर्माण गरेर जनतालाई सेवा प्रदान दिन खोजेकोे देखिन्छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को ९२ प्रतिशत, सम्बन्धित गाविस वा नगरपालिकाको ३ प्रतिशत, जिविसको ३ प्रतिशत र उपभोक्ताले २ प्रतिशत खर्च ब्यहोरेर निर्माण हुने यस्ता झोलुङ्गे पुलको झापामा थप सातवटाको माग भएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो ।

झोलङ्गे पुल खुदुनावारी, चकचकी, गोलधाप, तोपगाछि, धरमपुर र महाभरा गाविसका जनताले माग गरेको र जनताको मागलाई पूरा गर्न अगामी आर्थिक वर्षमा योजना सुरु हुने जिविसको भनाई छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL