महोत्तरी, २४ माघ । नागरिक दैनिक सर्लाहीका पत्रकार सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन् ।
पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७ औँ वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कृत गरेको हो ।
सर्लाहीका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले सोमबार सिंहलाई सम्मानपत्र र नगद पुरस्कार हस्तान्तरण गरी पुरस्कृत गरेको हो ।
यता पुरस्कृत सिंहले पुरस्कारबापत प्राप्त भएको नगद रु १० हजार सर्लाही बबरगन्ज–४ गढाटोल मुसहर बस्तीका ५५ जना बालबालिकाको अध्ययनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ । रासस