Breaking News Monday, 6 Feb, 2017
Prestige Media

गोरखा समाधि निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गरिने

पोखरा, २४ माघ । गोरखा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले स्याङजाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधि एक वर्षभित्रमा सम्पन्न गरिने बताउनुभएको छ ।

विश्व युद्धमा ज्यान गुमाएका ६० हजार गोरखा सैनिकको स्मृतिमा निर्माणाधीन स्मारकको निर्माण एवम् पछिल्ला गतिविधिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रथम चरणअन्तर्गतको समाधि निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम बढिरहेको बताउनुभयो ।

विश्व युद्धमा बलिदानी गरेका भूतपूर्व गोरखा सैनिकका हक तथा अधिकारका लागि सुरु गरिएको गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसा)कोे आन्दोलनको उपलब्धिस्वरुप गोरखामाथि भएको विभेद् र अन्यायका विरुद्धमा बेलायतमा नै मुद्दा दायर गरी युद्धबन्दीको मुद्दा जितिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्नका लागि गोरखा स्मारकको निर्माणकार्य अघि बढाइएको हो । अन्यायमा पारिएका गोरखा सैनिकका अधिकार दिलाउन क्रियाशील ‘गेसो’ आन्दोलनलाई अबमूल्यन गरी कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।

गोरखा स्मारक ट्रष्ट निर्माण समितिका संयोजक पुरनध्वज गुरुङले विगत २७ वर्षयता गोरखा भूतपूर्व सैनिकको हक तथा अधिकारका लागि सञ्चालित गेसो आन्दोलन वर्तमानसम्म आइपुगेको बताउँदै गोरखा भूतपूर्व सैनिकको योगदानलाई बचाउनका लागि निर्माणाधीन समाधिस्थल एक वर्षभित्रमा नै सम्पन्न गरिने स्पष्ट पार्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL