प्रमुख समाचार Sunday, 5 Feb, 2017
Prestige Media

शङ्खरापुर नगरपालिकामा तालाबन्दी

काठमाडौँ, २३ माघ । स्थानीय तह पुनः संरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै नगरवासीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै आज कार्यालय समय सुरु हुने बित्तिकै तालाबन्दी गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

रुपेशलाल श्रेष्ठको संयोजकत्वमा २५ सदस्यीय दबाब समूह गठन गरी नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन भएको थियो । कान्तिपुरमा बस्ती बस्नु अगावै राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यसको ऐतिहासिक अस्तित्व मेटाउन नहुने सांसद कुइँकेल बताउनुहुन्छ ।

“शङ्खरापुर नगरपालिकामा सिन्धुपाल्चोकको सीमासँग जोडिएका पटाप र नाङ्लेभारे जस्ता स्थान छन्, यस्तो विकट भौगोलिक बनावट भएको ठाउँमा जनसङ्ख्यालाई मात्र आधार बनाएर नगरपालिका बनाइनुहुन्न”–उहाँले भन्नुभयो । इलाकालाई आधार मानेर भौगोलिक बनावटलाई पनि ध्यान दिँदै यसअघि नगरपालिकामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा शङ्खरापुर नगरपालिका नै हुनुपर्ने जिल्ला प्राविधिक सहयोग समितिमा सिफारिस गरिएकोमा आयोगले गाभेर प्रतिवेदन बुझाएपछि विरोध गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।

नगर कायम नभएसम्म ताला नखोलिने संयोजक श्रेष्ठले राससलाई जानकारी गराउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL