Breaking News Sunday, 5 Feb, 2017
Prestige Media

मध्यमाञ्चल क्षेत्रमा सवारी दुर्घटना बढ्दो

वीरगन्ज, २३ माघ । वर्षैपिच्छे सवारी साधनको सङ्ख्या बढ्दै जानु, नियम विपरित सवारी चलाउनु, सडकको अवस्था जीर्ण हुनु तथा अत्यधिक गतिमा सवारी चलाउनु जस्ता कारणले मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा सवारी दुर्घटना बढ्दै गएको छ ।

मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनाबाट ३८६ जनाको मृत्यु भएको छ । सो अवधिमा चारसय ७५ वटा सवारी दुर्घटनाको घटना घटेका थिए । दुर्घटनामा परी तीन सय ८६ जनाको मृत्यु, ५१५ जना गम्भीर घाइते तथा ५२६ जना सामान्य घाइते भएका थिए ।

कार्यालयले सोही अवघिमा दुई लाख आठ हजार ५०० एक सवारी साधनलाई कारबाही गरी रु १४ करोड ७१ लाख नौ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।

यसैगरी अघिल्लो आर्थिक वर्षमा मध्यमाञ्चल क्षेत्रको १६ जिल्लामा ९३७ वटा सवारी दुर्घटना भएकोमा सोबाट ५२५ जनाको मृत्यु, १०२१ जना गम्भीर घाइते तथा ९८८ जना सक्त घाइते भएका थिए । सोही वर्ष कार्यालयले तीन लाख १९ हजार चार सय ५१ सवारी साधनलाई कारबाही गरी रु १७ करोड ३९ लाख ८८ हजार ७५० राजस्व सङ्कलन गरेको थियो ।

दैनिकजसो हुने दुर्घटना तथा मृत्युको जिम्मेवार सडक तथा यातायात कार्यालय रहेको भन्दै मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक निशान्त थापाले सडकको अवस्थामा सुधार नआएसम्म दुर्घटना न्यूनीकरण गर्न ग्राहो हुने बताउनुभयो ।

मध्यक्षेत्रमा दैनिक एक हजार सवारी साधन दुर्घटना हुने गरेको छ । जसबाट दैनिक नौ लाख राजस्व उठ्ने गरेको सो कार्यालयले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL