Breaking News Sunday, 5 Feb, 2017
Prestige Media

बृहत् चिमखोला खानेपानी आयोजना निर्माण सुरु

बाबियाचौर (म्याग्दी), २३ माघ । म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो ।

“सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ”, इन्जिनियर केसीले भन्नुभयो, “आयोजनाअन्तर्गत २ देखि ७ नम्बर वडामा ढल निकासका लागि पूर्वाधारसमेत बनाइने भएको छ ।”

आयोजनाअन्तर्गत एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एकएक र पाँच हजार लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण हुने भएको छ । दुईवटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने योजना छ । ११ वटा स्किममा निर्माण हुने आयोजनाको १३ वटा मुहान रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७२७३ मा सर्वेक्षण भएको सो आयोजनाका लागि चालु आवमा रु ३० लाख बजेट विनियोजना भएको सबडिभिजन प्रमुख केसीले बताउनुभयो । पूर्वाधार निर्माणको काम सुरु गर्न ओमबहादुर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिसँग सम्झौतासमेत भइसकेको जनाइएको छ ।

आयोजनामा उपभोक्ताको कुल लागतको २० प्रतिशत अर्थात् रु एक करोड ३९ लाख ४८ हजार एक सय ४२ बराबरको श्रम र नगद सहभागिता रहने छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दा गाउँमा बृहत् आयोजना भित्रिएपछि उत्साहित भएका छन् ।

चिमखोलावासीलाई खानेपानी समस्याबाट मुक्त गरी जीवनयापनलाई सहज बनाउन आयोजनाले ठूलो योगदान गर्ने अपेक्षा गरिएको उपभोक्ता समितिका सचिव गमबहादुर पुनले बताउनुभयो । समितिका अध्यक्ष ओमबहादुर पुनले चिमखोलामा यो हालसम्मकै ठूलो विकास आयोजना भित्रिएको बताउनुभयो ।

आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्ने अध्यक्ष पुनले प्रतिबद्धता जनाउनुभयो । आव २०७६७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताको सक्रियता भएमा लक्ष्य अघि नै र अनुमानितभन्दा कम लागतमा आयोजना निर्माण गर्न सकिने सबडिभिजन प्रमुख केसीले बताउनुभयो ।

यसैबीच चिमखोलाबाट भगवती र पिप्ले गाविसमा खानेपानी ल्याउनका लागि सञ्चालन हुन लागेको बृहत् भगवती पिप्ले खानेपानी तथा सरसफाइ आयोजनाको सर्वेक्षण गरी लगत अनुमान लागत तयार पार्न लागिएको पनि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL