प्रमुख समाचार Sunday, 5 Feb, 2017
Prestige Media

बँदेलको समूहले बालीनाली सखाप पार्दै

कञ्चनपुर, २३ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी पु¥याएको हो ।

दैनिक साँझ नपर्दै खेतबारीमा छिर्ने बँदेलको समूहले एक बिगाहा बढी क्षेत्रफलमा लगाएको गहुँ र मसुरो खानुका साथै खेतबारी फाँडेर नोक्सानी पु¥याएको बेलडाँडीका किसान मदनराज भट्टले बताउनुभयो ।

वर्षमा दुई पटक मात्रै खेतमा बाली लगाउँछौं उहाँले भन्नुभयो, “सबै बाली निकुञ्जका संरक्षित जनावरले खाएर सखाप पार्ने गरेकाले परिवार पाल्नका लागि मजदुरी गर्नु परेको छ ।” अन्न फलाउनका लागि प्रर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरिद गरेर परिवार पाल्नुपरेको उहाँको गुनासो छ ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीमा बँदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बालीनाली नोक्सान पु¥याउँदै आएको छ ।

बेदकोट नगरपालिकाका चम्फापुरका किसान प्रकाश राना समेत निकुञ्जबाट खेतमा छिर्ने बँदेल, चितल र निलगाईले गहुँबालीका नोक्सानी पु¥याउँदै आएको बताउनुहुन्छ ।

रानाका परिवारले खेतमै बनाइएको मचानमा रातभर पालैपालौ मिलाएर जनावर भगाउने गरेका छन् । एकथरी जनाबर भगायो अर्कोथरीले खेतमा छिरेर नोक्सानी पु¥याउने गरेको उहाँले बताउनुभयो । यस क्षेत्रका झन्डै दुई दर्जन बढी किसानको तीन बिगा बढी खेतमा जङ्गली जनावरले गहुँबालीमा नोक्सानी पु¥याएको छ । यसैगरी, झलारी पिपलाडी नगरपालिका– ३ पिपलाडीका किसानको खेतमा समेत बँदेलले दिउँसै नोक्सानी गर्दै आएको स्थानीय मनराखु चौधरीले बताउनुभयो । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पु¥याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने यहाँका किसानको माग छ । । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL