Breaking News Sunday, 5 Feb, 2017
Prestige Media

पाँच करोडको कारोबार गर्दै महोत्सव सम्पन्न

फलेवास (पर्वत), २३ माघ । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ ।

माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजक समितिका महासचिव ठाकुर बी पौडेलले बताउनुभयो । कलाकारहरु याम क्षेत्री, शान्तिश्री परियारलगायतले महोत्सवमा भरपुर मनोरञ्जन दिलाएका थिए ।
समापन कार्यक्रममा मूल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले महोत्सवबाट भएको आम्दानीबाट सभागृह र खेलकुद मैदान बनाइने बताउनुभयो ।

महोत्सवमा विश्वकै सबैभन्दा ठूलो पक्षी सुतूरमुर्ग र अस्ट्रेलियाको राष्ट्रिय पक्षी इमो तथा कालीगण्डकीमा जलयात्रा आकर्षणका रुपमा थिए । रत्यौली र विद्यालयस्तरीय नृत्य प्रतियोगिताले पनि धेरैको मन छोएको थियो । कृषि र शैक्षिक, परम्परागत प्रविधि, स्थानीय परिकारको प्रदर्शनीका साथै स्थानीय लघु घरेलु उद्यमबाट उत्पादित सामग्री पनि बिक्री तथा प्रदर्शनमा राखिएका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL