Breaking News Thursday, 2 Feb, 2017
Prestige Media

जागिर छाडेर पुलिस माइला आलुखेतीमा

काभ्रे, २० माघ । बालुवापाटी गाविस– २ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्नुहुन्छ । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ ।

एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिनुहुन्छ । आलु खेतीसँगै उहाँ पशुपालनमा समर्पित हुनुहुन्छ । “जागिर छाडेपछि सुरुवातमा किराना पसल चलाए,” उहाँले भन्नुभयो ।

उहाँले भैँसीपालनबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दैआउनुभएको छ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहुने घोरसाइनेका दुई छोरा र दुई छोरीले समेत उहाँलाई सघाउँदै आउनुभएको छ । मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ ।

“कृषि पेशाबाट मनग्य आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । काठमाडौँमा पसल गरेर बस्दै आउनुभएका उहाँका छोरा सन्तोष बुबालाई सघाउन गाउँ फर्कनुभयो । “मेहनत गर्न सके कृषकले आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने कुरा बुबाबाट नै सिके,” सन्तोषले भन्नुभयो– “परिवार नै मिलेर काम गर्दा त्यसलाई व्यावसायिकता दिन निकै सजिलो हुन्छ ।” घोरसाइने परिवार सिङ्गो गाउँकै लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

घोरसाइनेले कृषि व्यवसायबाट आम्दानी गरेर सहरमा दुईवटा घर जोड्नुभएको छ । “मेहनत गरी कमाएको सम्पत्तिले निकै सन्तुष्टि दिँदोरहेछ,” उहाँले भन्नुभयो । नेपाल कृषिप्रधान देश भएकाले यहाँ निकै सम्भावना रहेका उहाँ बताउनुहुन्छ ।

प्रहरीको जागिर छाडेर कृषि पेसा अङ्गाल्दा आफूले निकै प्रगति गरेको घोरसाइने बताउनुहुन्छ । “छोराछोरीबाट पनि आफूले सोचेजस्तै सहयोग पाइरहेको छु,” उहाँले भन्नुभयो । उहाँले हाल १५ रोपनी जग्गामा मौसमी र बेमौसमी आलुखेती गर्दै आउनुभएको छ ।

सुरुवातमा सिँचाइको राम्रो सुविधा भए पनि पछि पानीको मुहान सुक्दै गएपछि उहाँलाई सिचाइको समस्या भएको छ । घरमै उत्पादित मल प्रयोग गर्दैआउनुभएका घोरसाइने वर्षैपिच्छे आलुको बीउ फेरिरहनु हुन्छ । उहाँले गाउँमा समेत बीउ वितरण गर्दैआउनुभएको छ ।

विभिन्न ठाउँमा देखेका आधारमा व्यावसायिक रुपमा आलु खेती गर्दै आएको उहाँको भनाइ छ । सबैले गाउँ छोडेर गइसकेको अवस्थामा आफूले आलु खेतीलाई निरन्तरता दिन र आफ्नो पुख्र्याैली सम्पत्ति जोगाइराख्न आलुखेतीलाई निरन्तरता दिइरहेको घोरसाइनेले बताउनुभयो । समाजसेवामा समेत समर्पित उहाँ समाजका हित हुने कामका निम्ति कहिल्यै पछि हट्नुहुन्न ।

प्रहरीमा जागिर गरेका कारण उहाँलाई गाउँभरि ‘पुलिस माइला’को नामले चिन्ने गर्छन् । आलुको व्यवसायिक खेतीमा घोरसाइने जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । गाविसभरका किसान प्रायः आलुको बीउ खोज्दै घोरसाइनेको घरसम्म आइपुग्छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL