प्रमुख समाचार Wednesday, 1 Feb, 2017
Prestige Media

पेस्की लिएको आठ महिनासम्म पुल निर्माण सुरु हुन सकेन

जुम्ला, १९ माघ । जिल्लाको कुडारी गाविसस्थित कुडारी–ताम्ती–टोप्ला जोड्ने पक्की पुल निर्माणका लागि रु ७० लाख पेस्की लिएको आठ महिनासम्म निर्माण कार्य सुरु भएको छैन ।

रु तीन करोड ९६ लाख ८० हजारको लागतमा पुल निर्माणका लागि गत असार ९ गते काठमाडौँस्थित हिराचन अञ्जना जेभीँसँग सम्झौता भए पनि अहिलेसम्म काम सुरु नगरिएकोको जिल्ला प्राविधिक कार्यालयका सवइञ्जिनियर चूडामणि भट्टले बताउनुभयोे । जेभीले वर्षामा मनसुनी समस्या र हिउँदमा जाडो देखाएर काम नगरेको उहाँको भनाइ छ ।
सम्झौताको लगत्तै पेस्की लिए पनि हालसम्म काम नभएकाले दुईपटकसम्म सो कम्पनीलाई काम सुरु गर्न ताकेतासहित परिपत्र गरिएको स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जानकारी दिनुभयो । “भर्खरै मात्र जेभीका प्रमुख रवीन्द्र सिंहसँग फोन सम्पर्क गरेका छौँ, एक हप्ताभित्र काम सुरु गर्ने वचन दिएको छ, भनेको समयमा निर्माण कार्य अघि नबढाए कारबाही प्रक्रिया अघि बढ्छ” – स्थानीय विकास अधिकारी बेल्बासेले भन्नुभयो ।

“साउन भदौमा वर्षात् भयो, त्यसपछिका महिनामा बिग्रेको बाटोले साथ दिएन । मङ्सिरबाट चिसो बढेकाले काम गर्न नसकिएको हो ।” रासससँगको कुराकानीमा जेभीका प्रमुख सिंहले भन्नुभयो – “ अबको हप्ता १० दिनभित्र आफैँ गएर काम सुरु गर्ने गर्नेछु । ”
पेस्की लिएको आठ महिनासम्म पनि ठेकेदारले काम सुरु नगरेकाले स्थानीयवासीमा आशङ्का जागेको कुडारी गाविसका पूर्व अध्यक्ष चक्रबहादुर शाहीले बताउनुभयो । पुल निर्माण भए ताम्ती गाविससँगै जाजरकोट जोड्न सहज हुन्छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL