Breaking News Wednesday, 1 Feb, 2017
Prestige Media

‘सामुदायिक विपद व्यवस्थापन समिति गठन’

रत्ननगर (चितवन), १९ माघ । विपद जोखिम व्यवस्थापन गर्ने उद्देश्ले चितवनको लोथर गाविसमा सामुदायिक विपद व्यवस्थापन समिति गठन गरिएको छ ।

आरआरएन जल उत्पन्न प्रकोप नियन्त्रण परियोजनाको सक्रियतामा गाविसका १, २, ३, ४ र ९ नम्बर वडामा सो समिति गठन गरिएको हो । विपदको जोखिम न्यूनीकरणका लागि जोखिम क्षेत्र पहिचान गरेर यो समिति बनाइएको हो ।

स्थानीय विपद तथा जलवायुजन्य जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०७३ अनुसार सो गाविसको बढी जोखिममा रहेका पाँच वडामा समिति गठन गरिएको परियोजनाका फिल्ड संयोजक सरिता पौडेलले जानकारी दिनुभयो । लोथरको उक्त क्षेत्र पहिरोबाट उच्च जोखिममा छ ।

जसअन्तर्गत वडा नम्बर १ मा कल्पना लामा मोक्तान, २ मा राजेन्द्र प्रजा, ३ मा चन्द्रबहादुर तामाङ, ४ मा गङ्गाराम प्रजा, ९ मा सन्तुमाया चेपाङको संयोजकत्वमा समिति बनाइएको हो । हरेक समितिमा ११ देखि १३ जना सदस्य छन् ।

आरआरएनले यस वर्ष पहिरोको जोखिममा रहेका वडा नम्बर ३ को गणेश निमावि यौरालीटार र ९ को कान्देश्वरी प्राविमा सुरक्षात्मक पर्खाल बनाउने परियोजनाका जिल्ला संयोजक रवीन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत चितवनको लोथरमा पहिरो व्यवस्थापन र माडीको बाँदरमुढे खोलामा बाढी व्यवस्थापनमा काम गरिने संयोजक ठकुरीले बताउनुभयो । भूकम्पका कारण चितवनको पहाडी क्षेत्र पहिरोका उच्च जोखिममा छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL