Breaking News Tuesday, 31 Jan, 2017
Prestige Media

राजमार्गका अधिकांश पुल जोखिममा

बुटवल, १८ माघ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो ।

उक्त पुल भत्किएपछि सुरुमा ‘डाइभर्सन’ गरेर र पछि ‘बेलिब्रिजको’ माध्यमबाट सवारी आवतजावत खुलाइएको छ । तर, भत्किएको पुलको विकल्पमा निर्माणाधीन नयाँ पुल यस वर्ष पनि पूरा हुने निश्चित छैन ।

यस्तै, यसै राजमार्ग खण्डको नवलपरासीमै रहेको अर्को महत्वपूर्ण बहुलाखोलाको पुलमा गत मङ्सिर २६ गते एकाबिहानै पूर्वबाट आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दियो । अधिकांश फलामको साधनको संरचनाबाट निर्माण गरिएको उक्त पुलको मुखैको भाग सडकको सतहभन्दा तल दबेर क्षतिग्रस्त अवस्थामा पुग्यो । धेरै दिनपछि सो क्षेत्रमा पनि ‘ड्राइभर्सन’ निर्माण गरेर सवारी साधन आवतजावत खुलाइयो । झन्डै तीन महिनापछि बल्ल पुलको मर्मतकार्य सुरु गरिएको छ ।

तीन वर्ष पहिले यसै राजमार्ग क्षेत्रको महत्वपूर्ण मानिने जयश्री पुल भत्कियो । सडक विभागले धैरै दिन लगाएर पुलको केही तलबाट ड्राइभर्सन निर्माण गरेर सवारी साधन आवतजावत त खुलायो तर, पुलमा प्रयोग हुने फलामे साधन विदेशबाट आयात गर्न ढिलाइ हँुदा झन्डै एक वर्षमा मात्र पुल मर्मत हुनसक्यो ।

पूर्व–पश्चिम राजमार्गको मध्यक्षेत्र बुटवल–नारायणघाट खण्डलाई जोड्ने झन्डै तीन दर्जन महत्वपूर्ण पुलमध्ये अधिकांशको निर्माण संरचना एउटै प्रकृतिको छ । विसं २०३० सालको अवधिमा निर्माण गरिएका यी पुलको संरचना ट्रसको प्रयोग गरेर निर्माण गरिएको छ ।

यस्ता प्रकृतिका पुलको संरचना कमजोर बन्दै गएका छन् । यसैले यी पुलको अवस्था जीर्ण र जोखिमपूर्ण बन्दै गएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– “प्राविधिक रुपले पुलमा समस्या आएको होइन तर यस्ता खालको पुलमा एक ठाउँमा समस्या आउँदा अन्य भाग समेत खल्बलिने समस्याले पुलको जोखिम बढेको हो ।
फलामको प्रयोगबाट निर्माण गरिएका यस्ता पुल तुलनात्मक रुपले बलियो हुने र लामो समय टिक्ने तर, पुलको एउटा भागमा क्षति पुग्दा अन्य संरचना समेत बिग्रने भएकाले समस्या बढी देखिने डिभिजन सडक कार्यालय प्रमुख मरासिनी बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ – “पुलको पूरै संरचनामा समस्या नभए पनि एउटा भागमा क्षति हँुदा अन्यत्र धेरै समस्या आउँछ ।”

प्रमुख राजमार्ग क्षेत्रका महत्वपूर्ण पुल भत्किएर समयमै मर्मत नहुने र वैकल्पिक व्यवस्था समेत समयमा नहँुदा सवारी आवागमन अवरुद्ध भएर राजमार्गमा कैयन् दिन सर्वसाधारणले सास्ती बेर्होनु परेको छ ।

सडक डिभिजन प्रमुख मरासिनीकाअनुसार भत्किएका पुलको मर्मत र वैकल्पिक व्यवस्थाको व्यवस्थापनमा ढिलाइ भएको स्वीकादै सबै प्रक्रिया पु¥याएर काम सुरु गर्दा र वर्षायाममा खोलामा पानी बढ्दा केही ढिला भएको हो ।

उहाँले राजमार्गमा रहेका अन्य पुलको पनि संरक्षणका उपाय समयमै नखोज्ने हो भने पुल भत्किने समस्या झनै बढेर जाने बताउनुभयो । यसका लागि सडक विभागमा आफूहरुले पुल जोगाउन तत्काल सबै पुलमा फलामको ‘क्र््यास ब्यारियर’ राख्नैपर्ने सुझावसहित त्यसको लागत अनुमान गरी पठाइसकिएको बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL