Breaking News Tuesday, 31 Jan, 2017
Prestige Media

किस्ताबन्दीको राहतले द्वन्द्वपीडितलाई सास्ती

रोल्पा, १८ माघ । सशस्त्र द्वन्द्वको समयमा भौतिक तथा मानवीय क्षति पुगेकालाई सरकारले उपलब्ध गराउँदै आएको राहत रकम किस्ताबन्दीमा दिँदा झन सास्ती भएको द्वन्द्वपीडितले गुनासो गरेका छन् ।

जिल्लामा हाल राहत पाउने द्वन्द्वपीडितको सङ्ख्या चार हजार ९०० रहेको स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिनुभयो । राहत पाउनेमध्ये हालसम्म ९४६ मृतक, ३३ बेपत्ता रहेका छन् । उनीहरुको परिवारलाई जनही रु पाँच लाखसम्म राहत दिएको बुढाले बताउनुभयो ।

यसैगरी, जिल्लामा पति गुमाएका एकल महिलाको सङ्ख्या ३२३, टुहुरा बालबालिकाको सङ्ख्या १८०, घाइते अपाङ्ग ५९५, अपहरण २०१, जीवन निर्वाह भत्ता पाउने ७७, विस्थापित एक हजार ९४१ र छात्रवृत्ति पाउनेको सङ्ख्या ५९७ रहेको बताइएको छ ।

राहत रकम सरकारले किस्ताबन्दी रुपमा दिँदा थप सास्ती भोग्नुपरेको द्वन्द्वपीडितको गुनासो छ । राहत रकम एकै पटक उपलब्ध भए जीविकोपार्जनका लागि ठूलै काम गर्न सकिने भएपनि किस्ताबन्दी रकमले परिवारमा द्वन्द्व बढाएको द्वन्द्वपीडित कुमार शाहले बताउनुभयो ।

सशस्त्र द्वन्द्वको समयमा रोल्पामा राज्य र विद्रोही पक्षबाट प्रभावित भएको भन्दै राहतका लागि पहिलो चरणमा निवेदन दिएकाको सङ्ख्या १५ हजार ४२६ रहेपनि जिल्ला प्रशासन कार्यालय रोल्पाले राहतका लागि ११ हजार ६५ जनाको नाम मात्र सिफारिस गरेको बताइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL