Breaking News Tuesday, 31 Jan, 2017
Prestige Media

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

बेनी (म्याग्दी), १८ माघ । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ ।

गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको प्रवचनमा बिरामीले चासो देखाएपछि तीन दिनसम्मलाई बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

महायज्ञ अवधिभर २ बजे पछाडि कुण्डमा स्नान गर्न आएका बिरामी महायज्ञस्थलमा जाने गरेका छन् । कुण्डकी कर्मचारी मेखी खत्रीका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८–१०, १०–१२ र १२–२ बजेसम्म महिला र पुरुषले स्नान गर्ने गरेका छन् ।

अत्यधिक चाप रहेको कुण्डमा पुरुष र महिलाको स्नान गर्ने समय समेत निर्धारण गरिएको छ । महायज्ञलाई कुण्डमा स्नान गर्ने बिरामीले समेत आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन् ।

वार्षिक रु १८ हजारको हाराहारीले स्नान गर्ने कुण्डमा नियमित स्नान गरेर ग्यास्ट्रिक, बाथरोथ (युरिक एसिड), ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिसलगायत रोग निको भएको पाइन्छ ।

यहाँ वीरेनुन र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियसको तातोपानी निस्कने मुहान रहेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL