प्रमुख समाचार Thursday, 26 Jan, 2017
Prestige Media

इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने

भद्रपुर, १३ माघ । इच्छा शक्ति भएमा विकासमा समय नलाग्ने उदाहरण बनेको छ झापाको धरमपुर मार्ग ।

महेन्द्र राजमार्गबाट दक्षिण धरमपुर, तोपगाछी र पाँचगाछी हुँदै भारतको दिगल बैंक र फुलबरिया बजारसँग जोडिने यो बाटो केही महिना अघि साँगुरो, जीर्ण र कमजोर अवस्थामा थियो ।

स्थानीय विकास अधिकारीको हैसियतमा यहाँको नेतृत्व सम्भाल्न आइपुग्नुभएका खेमराज ओझाले विकासमा पछि परेको धरमपुरको यो अवस्था देखेर यहाँको स्तरोन्नति एवम् प्रगतिमा विशेष ध्यान दिन दिएका कारण यो बाटो अहिले फराकिलो र कालोपत्रे हुन लागेको छ ।

जिविसले सो बाटो भ्याटसहित रु १० करोड ५८ लाख ७१ हजारको लागमा निर्माण गर्न कान्छाराम जेभी निर्माण कम्पनीलाई दिएकामा अगामी पुस मसान्तभित्रमा निर्माण गर्ने गरीे द्रुत गतिमा काम भइरहेको छ ।

लगभग १४ किमी लम्बाइ र ६दशमलव ७५ मिटर चौडाइको सो मार्गको निर्माणले धरमपुर, तोपगाछी र पाँचगाछीका बासिन्दा निकै उत्साहित बनेका छन् ।

झापाको केचनादेखि चारआलीसम्म निर्माण हुने भनिएको ३९ किमी बाटो ४१ वर्ष पार गरिसक्दा पनि निर्माण नहुँदा यात्रा गर्ने मनिस तथा भद्रपुर, महेशपुर, पृथ्वीनगर, पाठामारी, बालुबाडी, बनियानी, केचना, घेराबारीका जनता वर्षात्मा हिलो, सुख्खा मौसममा धुलो, बसमा यात्रा गर्दा हुने कठिनाइ र जोखिमको भयबाट मुक्त हुन नसकिरहेको अवस्थामा धरमपुरका जनताले आफूलाई भाग्यमानी ठानिरहेका छन् ।

त्यो मार्गमा पर्ने कमल खोलाको पुल एक वर्ष पहिले निर्माण भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकामा धरमपुरको डुडामारीमा जिविसको रु ५८ लाखको लागतमा निर्माण भएको अर्को एक पुल निर्माण भई तीन महिना पहिले स्थानीय विकास अधिकारी ओझाले उद्घाटन गर्नुभएको थियो ।

निर्माण कार्य सुरु गरेर समयमै सम्पन्न हुने परिपाटीले अब यो क्षेत्र विकासमा अघि बढ्ने र यसैको माध्यमबाट यस क्षेत्रमा शिक्षा, स्वास्थ्यसँगसँगै आर्थिक, सामाजिक र राजनीतिक विकास हुने सम्भावना बढ्दै गएको धरमपुर निवासी समाजसेवी अग्नि सापकोटाले बताउनुभयो ।

उहाँले धरमपुरमा सामुदायिक भवन निर्माण गर्न रु १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा निःशुल्क दान गर्नुभएको छ ।

अहिले सो भवनका लागि लगभग रु २२ लाख नगद पनि सङ्कलन भएसकेको स्थानीयवासी मेघराज ओझाले बताउनुभयो ।

धरमपुरमा तीनदिन लाग्ने मङ्गलबारे, शुक्रबारे र पाडावाडी बजारलाई व्यवस्थित गर्न जिविसले डिपिआर तयार गरी भवन तथा सहरी विकास मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।

सो सम्बन्धमा स्थानीय विकास अधिकारी ओझाले राजनीतिक, आर्थिक, सामाजिक कारणले विकासमा पछि परेको यो ठाउँको विकास गर्न आफूले गरिरहेको प्रयास र सहयोगले आनन्द लागेको प्रतिक्रिया दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL