Breaking News Wednesday, 25 Jan, 2017
Prestige Media

वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका मुद्दा बढी

कैलाली, १२ माघ । सुदूरपश्चिमका वन कार्यालयमा वन्यजन्तुको छाला तथा हड्डी ओसारपसारका बढी मुद्दा दर्ता भएको छ ।

गत आर्थिक वर्षमा दर्ता भएका १८४मुद्दामध्ये अधिकांश मुद्दा वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसारसम्बन्धी रहेका र तीमध्ये २३ मुद्दामात्रै फछ्र्योट भएका सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले जनाएको छ ।

आव २०७२÷७३ मा सबैभन्दा बढी कैलालीमा ७६, कञ्चनपुरमा ६६ मुद्दा दर्ता भएका थिए भने सबैभन्दा बढी वन्यजन्तुको छाला तथा हड्डीको ओसारपसार र वन पैदावारको अवैध ओसारपसार पनि कैलाली र कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक सुदीप कोइरालाले जानकारी दिनुभएको छ । उहाँले वन्यजन्तुको चोरी सिकारीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेकाले नियन्त्रणमा कठिनाइ भइरहेकोे बताउनुभएको छ ।

उहाँले मानव बस्ती जङ्गलको नजिक हुँदा जनावरले स्थानीयवासीको अन्न बाली खाइदिने गरेका कारण स्थानीयवासीले पासो थाप्ने गरेकाले पनि वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको जानकारी दिनुभएको छ । कार्यक्षेत्र बढी तर जनशक्ति कम हुँदा पनि समस्या भएको निर्देशक कोइरालाको गुनासो छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा २५ वटा वनसम्बन्धी मुद्दा दर्ता भएका छन् भने अन्य पहाडी जिल्लामा भने कम मात्रामा मुद्दा दर्ता भएको क्षेत्रीय वन निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

वन पैदावारको अवैध ओसारपसार गर्ने क्रियाकलाप पनि रोकिएको छैन र पक्राउ परेपछि काठ छोडेर भाग्ने र पक्राउ परेका व्यक्तिले अन्यको नाम नभनिदिँदा समस्या हुने गरेको निर्देशक कोइरालाले जानकारी दिनुभएको छ । जिल्ला वन कार्यालयले चालु आवको तथ्याङ्क भने क्षेत्रीय वनमा उपलब्ध गराएको छैन । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL