Breaking News Sunday, 22 Jan, 2017
Prestige Media

चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउन प्रमाणित

काठमाडौँ, ९ माघ । भूकम्प अतिप्रभावित चार जिल्लामा २४० परिवार दोस्रो किस्ता पाउनका लागि जिल्ला समन्वय समितिबाट प्रमाणित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता लिई निजी आवास निर्माणका लागि जगको काम सम्पन्न गरेका लाभग्राहीलाई गाउँ÷नगरमा खटिएका इन्जिनियरले भूकम्प प्रतिरोधी संरचना भनी सिफारिस गरेपछि जिल्ला समन्वय समितिले प्रमाणित गर्नुपर्ने व्यवस्था छ । यो प्रक्रिया पार गरेर आउने लाभग्राहीको सङ्ख्या २४० रहेको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

“दोस्रो किस्ता पाउँ भनी सिन्धुपाल्चोकमा ५४७, धादिङमा ५८३, काभ्रेपलाञ्चोकमा ४५३, गोरखामा २०१६, दोलखामा ३८९, रामेछापमा ५१२, मकवानपुरमा ४०४ र ओखलढुङ्गामा २११ ले निवेदन दिएकामा सिन्धुपाल्चोकमा ६०, काभ्रेपलाञ्चोकमा १००, गोरखामा ५८ र रामेछापमा २२ मात्र छन्”– उहाँले भन्नुभयो ।

दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले ११ जिल्लामा रु तीन अर्ब पठाउने तयारी गरेको छ । दक्ष कामदारको अभावमा पहिलो किस्ता लैजानेले पनि निर्माणको काम सुरु गर्न नसकेको खबर सार्वजनिक भएपछि प्राधिकरणले नेपाली सेनाका २०० जनालाई प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने गरी खटाउने तयारी गरेको सहायक प्रवक्ता भुसालले बताउनुभयो ।

माघ १८ गतेदेखि खटिने सेनाका लागि तालिम दिई माघ २५ गतेदेखि स्थलगतरुपमा खटाउने तयारी गरिएको छ ।

भूकम्पबाट आवास पूर्णरुपमा क्षति भई प्रमाणीकरण भएका लाभग्राहीलाई पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान दिइन्छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL