Breaking News Sunday, 22 Jan, 2017
Prestige Media

दुई पटक अनमेल विवाह, अहिले परिवारको चिन्ता

लिबाङ (रोल्पा), ९ माघ । सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुग्नुभयो । खत्रीले जीवनमा दुईवटा विवाह गर्नुभयो । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उहाँकी आमाभन्दा जेठी हुनुहुन्थ्यो भने दोस्रो श्रीमती छोरीभन्दा कान्छी हुनुहुन्छ । खत्रीकी कान्छी श्रीमती आगामी जेठ महिनामा ४५ वर्ष पुग्दै हुनुहुन्छ ।

करिब ३० वर्षको अन्तर रहेका यो दम्पतीको कान्छो छोरा ५ वर्षका छन् । अनमेल विवाह गरेका रोल्पाका यो दम्पतीलाई सन्तानको भविष्यको चिन्ताले निकै पिरोल्ने गरेको छ । आफू डाँडा माथिको जून भइसकेकै बेला जन्मिएको छोरालाई उच्च शिक्षा दिन र बाचुन्जेल राम्रो स्याहारसुसार गर्न पनि सक्दैन कि भन्ने चिन्ताले आफूलाई दिनरात पिरोल्ने गरेको उहाँ बताउनुहुन्छ ।

रोजगारीको सिलसिलामा भारतको अल्मोडामा दिन गुजार्दै आएका खत्रीका जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट तीन छोरा गरी चार सन्तान छन् । चारै जना सन्तान अशिक्षित छन् । गरिबी र चेतना अभाव नै सन्तान अशिक्षित हुनुको मुख्य कारण रहेको खत्री दम्पती स्वीकार्दछ । हाल कान्छी श्रीमतीसँग जीवन चलाउँदै आएका खत्रीकी जेठी श्रीमतीको मृत्यु भइसकेको छ ।

विसं २०१८ सालमा पहिलो विवाह गर्दा खत्री २० वर्षको हुनुहुन्थ्यो भने उहाँकी श्रीमती ४५ वर्षीया, दुई छोरा र दुई छोरीकी आमा बनिसकेकी गाउँकै ४५ वर्षीया धनी बहकरीसँग उठबस गर्दागर्दै अवैध सम्बन्धबाट गर्भ रहेपछि खत्रीले आमाभन्दा ठूलो उमेरकी गाउँकै विधवा महिलालाई १८ वर्षको उमेरमा श्रीमतीका रुपमा स्वीकार्नुभएको थियो । खत्रीसँग विवाह गर्दा धनीका नातिनातिना समेत जन्मिसकेका थिए ।

अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएकी धनीले खत्रीसँग दोस्रो विवाह भएको केही महिनामै छोरीको जन्म दिनुभयो । तर खत्रीले श्रीमतीलाई दिनुपर्ने माया, ममता र आत्मीयता कहिल्यै पनि दिनुभएन । केवल अवैध रुपमा रहेको गर्भ नै उहाँहरुको विवाहको मुख्य कारण बन्यो । अवैध गर्भ रहेपछि गाउँलेको दबाबका कारण खत्री र बहकरीबीच विवाह सम्पन्न भएको थियो । यसरी विवाह बन्धनमा बाँधिएका खत्री सुत्केरी श्रीमती र दूधे बालक (छोरी) आमाको जिम्मामा छोडेर धन कमाउने बहानामा विसं २०१९ सालमा भारतको कानपुर पुग्नुभएको थियो ।

भारत पुगेका खत्री लामो समयसम्म नेपाल फर्कनु भएन । यता खत्रीकी आमाको मृत्यु भयो भने जन्मने बित्तिकै छोडेर गएकी छोरीको विवाह भयो । तर खत्री घर, आमा र श्रीमती सम्झेर स्वदेश फर्कनु भएन । पहिलो श्रीमान्बाट भएका छोराछोरी छोडेर खत्रीसँग दोस्रो विवाह गरेकी उहाँकी ४५ वर्षीया श्रीमती धनी बहकरीलाई दोस्रो श्रीमान्ले पनि छोडेर गएपछि बहकरीका पछिल्ला दिनहरु निकै कष्टकर बन्दै गए । तर पनि खत्रीलाई घरपरिवारको कुनै चासो र चिन्ता नरहेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार रहरले विवाह गरेको भए उहाँ घर फर्कनुहुन्थ्यो तर अवैध गर्भ रहेकै कारण विवाह गर्न बाध्य भएका खत्रीलाई घर फर्कन मन लागेन । आमाको मृत्यु हुँदा पनि उहाँ घर फर्कनु भएन । अतीतको स्मरण गर्दै खत्रीले भन्नुभयो, “आमाको मृत्यु भएको खबर सुनेपछि भारतको बनारस पुगेर हिन्दू धर्मअनुसार काजकिरिया गरेँ तर घर फर्किनँ ।” करिब ३० वर्षपछि खत्री स्वदेश फर्कंदा ४५ वर्षीया श्रीमती धनी बहकरीको उमेर ७५ वर्ष नाघिसकेको थियो ।

बूढेसकालको सहारा कोही नभएपछि बेसहारा बनेकी बहकरीको सोधीखोजी नगरी रोजगारीबाट फर्किएपछि खत्रीले दोस्रो विवाह गर्नुभयो । यसरी खत्रीले दोस्रोपटक गरेको विवाह पनि अनमेल नै रह्यो । अडचालीस वर्षीय खत्रीले गाउँकै १८ वर्षीया कमला कुसुन्डासँग मागी विवाह गर्नुभयो । बाबुकै उमेरको करिब ३० वर्ष जेठो केटासँग विवाह गर्न इच्छा नहुँदा नहुँदै पनि कमलाकी आमाले धेरै सम्झाइबुझाई गरेर छोरी कमलाको विवाह खत्रीसँग गरिदिनुभयो ।

विवाह गर्दा कमलाकी आमाले ‘आफ्नै उमेरको केटासँग विवाह गर्दा दुःख दिन सक्छ, जाँड रक्सी खाएर कुटपिट गर्न सक्छ, दोस्रो विवाह गर्न सक्छ तर उमेर पुगेको केटासँग विवाह गर्दा सुख पाइन्छ’ भनेर सम्झाइबुझाई गरेको कमलाले अहिले पनि बिर्सनु भएको छैन । यसरी आमाले धेरै सम्झाइबुझाई गरेपछि कमला आफूभन्दा ३० वर्ष जेठो केटासँग (खत्रीसँग) विवाह गर्न मञ्जुर हुनुभएको थियो । कमलाको खत्रीसँग विवाह हुँदा खत्रीको पहिलो श्रीमतीबाट पनाति पनातिनीसमेत जन्मिसकेका थिए ।

“अहिलेका मान्छेले प्रेम गरेर आफूलाई मन परेको केटासँग विवाह गर्छन् तर हाम्रो पालामा त्यस्तो थिएन वा आमाले जहाँ दिन्छन् त्यही जानुपथ्र्याे,” कमलाले भन्नुभयो । विसं २०४८ मा करिब ३० वर्षको अन्तरमा विवाह बन्धनमा बाँधिएका कमला कुसुन्डा र खत्रीबाट तीन छोरा जन्मिसकेका छन् । अनमेल विवाह गरेका दम्पतीको गृहस्थी राम्रै चलेको छ । तर पनि खत्रीलाई कहिले श्रीमती त कहिले सन्तानको भविष्यको चिन्ताले पिरोल्दै आएको छ ।

उहाँ भन्नुहुन्छ, “अहिले म ७५ वर्षको भएँ । अब कति बाँचुला र ? कतै म मरे भने बच्चाले त दुःख पाउलान् नै । तर श्रीमती पो के गर्लिन् ? कहाँ जालिन् ? उनको अझ बढी चिन्ता लाग्छ ।” खत्री दम्पतीको पहिलो सन्तान पनि बाबुआमासँगै ज्याला मजदुरी गर्छन् । दोस्रो सन्तान बोल्न सक्दैनन् उनी अलि सुस्तःमनस्थितिका छन् भने काखको छोरा ५ वर्षका छन् ।

उमेरमै आफ्नो उमरेको केटीसँग विवाह गरेको भए आज यो चिन्ताले पिरोल्ने थिएन भन्ने खत्रीको बुझाइ छ । उहाँले भावुक हुँदै भन्नुभयो – “जेठी श्रीमती आमाभन्दा जेठी थिई । कान्छी श्रीमती छोरीभन्दा कान्छी । अहिले बूढेसकालमा बुद्धि आएर के गर्नु ! मैले त समयमा बुद्धि नपु¥याएर गल्ती गरें । अरू कसैले यस्ता गल्ती दोहो¥याउनु नपरोस् ।”

पछिल्लो दिनमा जिल्लामा खासै अनमेल विवाह गर्ने जोडी नभए पनि पुरानो पुस्तातिर फर्कंदा धेरै अनमेल विवाह गरेका जोडीहरु भेट्न सकिन्छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL