Breaking News Sunday, 22 Jan, 2017
Prestige Media

पानी अभावले निजी आवास पुनःनिर्माणमा सकस

बुङ्कोट (गोरखा), ९ माघ । बुङ्कोट–४ की हिमकुमारी खनालले घर बनाउन काठ, ढुङ्गा, गिट्टी, बालुवा, इँट्टा, छड र काम गर्ने कामदारसहित ठेकेदार खोजिसक्दा पनि खुरुखुरु घर बनाउन पाउनुभएको छैन ।

“घर बनाउने सबै सरसामान जुटाएँ । पानीको अभावले खै र घर बनाउन पाएको ?”, घर बनाउन किन ढिलाइ गर्नुभएको भन्ने प्रश्नमा खनालको भनाइ छ, “घर नबनाऊँ भने टहरोमा कतिन्जेल बसूँ ? बनाऊँ भने पानी छैन, कसरी बनाउने ?”, निजी आवास निर्माणलाई सरकारले दिएको रु ५० हजार पहिलो किस्ता बुझिसकेको भए पनि पानीको अभावले घर बनाउने आँट नआएको उहाँको भनाइ छ ।

पानी अभाव भए पनि घर बनाउन कम्मर कसेर लाग्नुभएका बुंकोट–४ का गुणकान्त खनाल आधाआधी घर निर्माण नहुँदै आजित भइसक्नुभएको छ । ट्याङ्करमा बोकेको पानीले घर बनाउन नसकिने जनाउँदै उहाँले भन्नुभयो, “एक तला घर बनाउँदा चार ट्यांकर पानी सकियो ।” एक ट्यांकर पानी ल्याउँदा रु चार हजार पाँच सय बुझाउनुपर्ने खनालको भनाइ छ । एउटा घर निर्माण गर्दा कम्तीमा रु एक लाखको पानी खरिद गर्नुपर्ने भएपछि बुंकोटवासी समस्यामा छन् ।

वरपर खोलानाला नभएको सुख्खा डाँडामा बुंकोटका बस्ती छरिएर रहेका छन् । अधिकांश भूकम्पपीडित लाभग्राहीले पानीकै समस्याले गर्दा घर निर्माण सुरु नगरिएको जिकिर गर्छन् । बुंकोट–३ का मधुकर वन्तले पानीको समस्या हल नहुँदासम्म टहरामै दुःखजेलो गरी बस्ने अठोट लिनुभएको छ । “खानेपानी लिन पनि भिडभाड हुने धाराबाट पानी बोकेर घर कसरी घर बनाउने ?”, उहाँले भन्नुभयो, “जति हिउँद छिप्पिँदै गयो उति पानीको अभाव खड्किँदै जान्छ, घर थाले पनि पूरा गर्न सकिँदैन ।”
छिटो घर बनाएर बस्ने धोको भए पनि पानी कुर्दा केही महिना अझै टहरामै बस्नुपर्ने अवस्था देखिएको वन्तको भनाइ छ । बुंकोटका खाब्दी, पोखरीडाँडा, जोगीडाँडा र मैलुङ क्षेत्रमा भूकम्पले घर ध्वस्त बनाएको थियो । यी भेगमा पानी समस्या पहिलदेखिकै हो ।

पानीको अभावले गर्दा भनेका बेला भूकम्प प्रभावितले घर बनाउने काम गर्न पाएका छैनन् । भूकम्पको केन्द्र बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, बुंकोट, बोर्लाङ, नाम्जुङ, फुजेल, ताक्लुङलगायत क्षेत्रमा पानीको अभाव चुलिँदो छ । पानीको अभाव टार्न भन्दै केयर नेपालले करिब रु तीन करोड ५० लाख लगानी गरी बारपाकमा खानेपानी योजना अघि बढाएको छ ।

नेपाल स्वास्थ्यका लागि पानी नेवामार्फत बर्खाको पानी घँैटोमा सङ्कलन गर्ने योजना पनि गाउँ गाउँमा विस्तार गरिएको छ । जिल्लाका ५८ हजार पाँच सय तीन भूकम्पपीडित लाभग्राहीमध्ये ५४ हजार जनाले रु ५० हजारका दरले निजी आवास निर्माण गर्न बैंकमार्फत अनुदान रकम बुझिसकेका छन् ।
अनुदान पाएका सबै भूकम्पपीडितले पानी, काठ, कामदार अभावले गर्दा घर बनाउन पाएका छैनन् । जिल्लाभर करिब तीन हजार घर निर्माणाधीन रहेको र सोह्र सय जनाले दोस्रो किस्ता जिकिर गरेको जिल्लास्थित भवन डिभिजन कार्यालयले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL