Breaking News Sunday, 22 Jan, 2017
Prestige Media

सदरमुकाममै भएर पनि चहलपहल छैन ‘धनगढा पार्क’मा

रत्ननगर (चितवन), ९ माघ । चितवनको सदरमुकाम भरतपुरको मुटुमै रहेर पनि धार्मिक दृष्टिले महत्व बोकेको ऐतिहासिक धनगढा पार्क ओझेलमा छ । ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण, सुन्दर र शान्त वातावरण भएको धनगढा मन्दिरको उचित प्रचार नहुँदा ओझेलिएको हो ।

भरतपुर वडा नं १२ नौरङ्गेमा रहेको छ धनगढा मन्दिर । अहिले पनि विदाका बेलामा आन्तरिक पर्यटक आउँछन् भने अरु बेलामा समेत पर्यटक देखिन्छन् । धनेश्वर महादेवको मन्दिर समेत नजिकै निर्माण गरिएको छ । उन्नाइस कठ्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिर र पार्क आफैंमा महत्वपूर्ण छ । किंवदन्तिअनुसार यहाँ धन गाडेको क्षेत्र भनेर चिन्ने गरिएकाले धनगढा मन्दिर भनिएको हो । ‘यहाँ धन छ’ भनेर मानिसहरुले खने खोस्रेको समेत फेला परेको स्थानीय अगुवा भविलाल घिमिरे बताउनुहुन्छ । विसं २०३२ अघि यहाँ खाल्डो थियो, झाडीले घेरिएको थियो, बयरका काँडा थिए । एउटा धोद्रो जामुनको रुख थियो । बेल र पिपलको बोट थियो । मानिसहरुले फोहर यहीँ फाल्थे । अनि धन छ भनेर मानिसले खाल्डो खनेका थिए । खोतल्दा पुराना ईंट्टा भेटिन्थो । पछि खोतल्दै जाँदा बसाहा (साँढे) फेला परेपछि स्थानीयवासीले धार्मिक क्षेत्र हो भनेर संरक्षण थालेको धनगढा एकीकृत विकास समितिका अध्यक्ष ऋषिराम पौडेलले बताउनुभयो ।

पाल्पाली राजा मणिमुकुन्द सेनको पालामा धनगढामा मन्दिर बनाइएको भन्ने भनाइ छ । भग्नावशेष खोतल्दै जाँदा मौलो भेटिएपछि स्थानीय बासिन्दाले धार्मिक क्षेत्रको रुपमा संरक्षण गर्न थालेका हुन् । शिवजीको बाहन बसाहा फेला परेपछि शिवालय बनाउने सोच आएको घिमिरे बताउनुहुन्छ । विसं २०४३ सालमा स्थानीयवासी धार्मिक आस्था भएका कुल बहादुर भण्डारीले एउटा मन्दिर बनाए । उनले त्यो मन्दिर सानो भएको देखेर चार वर्ष अघि विशाल मन्दिर नै खडा गरेका छन् । यसले गर्दा यहाँका भक्तहरुलाई अहिले पूजा आराधनामा सहज भएको छ । सँगै २०४१ सालमा बनाइएको ज्योति पुस्तकालय छ । यहाँ १०८ शिवलिङ्ग छन् । अर्काे फराकिलो क्षेत्रको मनोरम दृश्यमा जो कोही लोभिन्छन् । बीचमा पोखरी छ । झण्डै काठमाडौँको रानीपोखरीको झल्को दिने गरी पोखरीको बीचभागमा लक्ष्मीनारायणको मन्दिर बनाइएको छ । मन्दिरमा जान रानीपोखरीमा झै पुल छ । हरेक पर्वहरुमा यहाँ भक्तहरुले पूजाआजा गर्छन् । सुन्दर पोखरीमा माछा पनि पालिएको छ । विसं २०६०–६२ तिर यहाँ गणेश धितालको अगुवाइमा मन्दिर सँगै पार्क बनाइएपछि यो क्षेत्रको मुहार नै परिवर्तन भएको छ ।

पार्कसमेत बनाइए पनि अहिलेसम्म यस ठाउँको महत्व बढ्न नसकेको स्थानीयवासी सूर्य अधिकारी बताउनुहुन्छ । धनगढा एकीकृत विकास समितिले वरिपरि कम्पाउन्ड लगाएर आकर्षक बनाएको छ । खुला क्षेत्र र सिँढी, प्रतिक्षालय तथा बस्ने बेन्चहरुले आएका आन्तरिक पर्यटकहरुलाई बसेर मनोरञ्जन लिन सुविधा दिएको छ ।

नेपाली कल्याणपुरबाट धनगढा घुम्न आउनुभएका खुसीले साह्रै आनन्दको अनुभूति गरेको प्रतिक्रिया दिनुभयो ।

उत्तरतर्फ हिमशृंखला, दक्षिणमा चुरे पर्वत तथा पूर्वमा महाभारत पर्वत देख्न सकिन्छ । धनगडा भरतपुर सदरमुकामको बीचमा भएकाले अन्य क्षेत्रलाई जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने भएपनि अहिले पर्वहरुमा मात्रै मानिसको जमघट हुन्छ । अन्य बेलामा सोचे अनुसार पर्यटक आउँदैनन् । आएकाहरुमा पनि युगल जोडी बढी देखिन्छन् । यहाँबाट करिव ३÷४ किलोमिटर पूर्वमा आकर्षक राइनो ताल छ । दक्षिणमा विश्व रामसार सूचीमा सूचीकृत बिस हजारी ताल छ । उत्तरमा गणेश मन्दिर छ ।

भावी गुरुयोजना नबनाइएको भएपनि यहाँ चाँडै चिल्ड्रेन पार्क बनाउने योजना रहेको समितिले जनाएको छ । यस्तै, यहाँ चार कठ्ठामा बनेको आकर्षक पोखरीमा डुँगा सञ्चालनको योजना समेत छ । यहाँ करिव रु ४० लाखको लागतमा विभिन्न भौतिक संरचना निर्माण भएका छन् । दिगो स्रोतको अभाव हुँदा कर्मचारी राखेर व्यवस्थापन गर्न नसकिएको अध्यक्ष पौडेल बताउनुहुन्छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL