Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

घरबाससहित पर्यटकीय गन्तब्यको पहिचान बनाउँदै मिर्सा गाउँ

पोखरा, ६ माघ । हिमालको काखमा अवस्थित कास्कीको माछापुच्छ«े गाउँ विकास समिति वडा नं ७ र ८ मा रहेको मिर्सा गाउँ घरबास ९होमस्टे० कार्यक्रम सँगै स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

प्राचीन गुरुङ वस्तीका रुपमा रहेको ढुङ्गैढुङ्गाले छापिएको यो गाउँको शीरमा देखिने अन्नपूर्ण दोस्रो र चौथो हिमालका साथै वरपरको रमणीय दृश्यले जो कोही पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

अधिकांश गुरुङ जाति बसोबास गर्ने गरेको यो गाउँमा कुल ४५ घर रहेका छन् । पर्यटन प्रवद्र्धनको संभावनालाई दृष्टिगत गरी विसं २०६९ सालदेखि घरबास कार्यक्रम सञ्चालन गरिएसँगै स्वदेशी एवम् विदेशी पर्यटक आउने क्रम बर्सेनि बढ्दै गएको छ ।

स्थानीय समाजसेवी सूर्य गुरुङका अनुसार २०६४÷६५ सालदेखि सञ्चालनमा आएको माछापुच्छ«े मोडल ट्रेक यही गाउँ भएर जान्छ ।

मोडल टे«ेकअन्तर्गत यहाँबाट लगभग चार दिनको पदयात्रासँगै माछापुच्छ«े वेस क्याम्प तथा मर्दी हिमाल पुग्न सकिन्छ । टे«किङ्ग रुटमा पर्ने भएका कारण उक्त क्षेत्रको पदयात्रामा जाने पर्यटकका लागि पनि यो गाउँ महत्वपूर्ण गन्तव्य बनेको उहाँको भनाइ छ ।

घरबास कार्यक्रमले पदयात्रासहित हिमाली दृश्यावलोकन र स्थानीय संस्कृति एवम् परिकारको स्वाद लिन चाहने पर्यटक लाभान्वित हुनुका साथै यस कार्यक्रमले महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको उहाँले जानकारी दिनुभयो ।

“सुरुसुरुमा त कोही पाहुना गाउँमा आयो भने मुख छोपेर को आयो भनेर डराइडराई चियाउने यहाँका महिला अहिले खुलेर ठाउँको परिचय, यहाँका विशेषताका बारेमा चर्चा गर्न सक्ने भएका छन्,” उहाँले भन्नुभयो, “घरबास कार्यक्रमसँगै अतिथिको स्वागत सत्कार र पर्यटकमैत्री संस्कार विकसित भएको छ ।”

पोखरादेखि करिब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने यस गाउँमा गुरुङ समुदायको बाहुल्यता रहेको छ । हाल यहाँ कुल ४५ घरधुरीमध्ये परियार समुदायका दुई, विश्वकर्मा समुदायका दुई र भुजेल समुदायको एक घर रहेका छन् ।

यहाँका कुल १७ घरपरिवारमा होमस्टे सञ्चालन भएको जानकारी दिदै मिर्सा होम स्टे व्यवस्थापन समितिका अध्यक्ष बुद्धिकुमारी गुरुङले यहाँ आउने पर्यटकले अर्गानिक भोजन, स्थानीय संस्कृति, सेती नदीको नागबेली दृश्य र अन्नपूर्ण हिमश्रृंखलाको एकसाथ अवलोकन गर्न पाउने बताउनुभयो ।

उहाँका अनुसार पर्यटकीय सम्भावनासँगै २०६९ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०को सहयोगमा घरघरमा खानेपानीको धारा वितरण गरिएको थियो ।

खानेपानीका धारासँगै घरघरमा शौचालयको व्यवस्था भएका कारण गाउँमा सरसफाइमा पनि ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।

घरबास कार्यक्रम सञ्चालनसँगै यहाँ आउने पर्यटकलाई एक दिनको बास तथा खानाको नौसय रुपैयाँ शुल्क लिने गरिएको छ । मिर्सा गाउँमा घरबाससँगै हाल ६० जनासम्म पर्यटकलाई राख्न सकिने व्यवस्था गरिएको छ । ठूलो सङ्ख्यामा आउने पर्यटकलाई राख्न सक्ने व्यवस्थाका लागि सामुदायिक भवन निर्माण अपरिहार्य भएको अध्यक्ष गुरुङको भनाइ छ ।

घरबास कार्यक्रमका कारण स्थानीय फलफूल तथा तरकारीको उत्पादन बढेर आय आर्जन समेत वृद्धि हुँदै गएको छ । घरबास कार्यक्रमको पर्याप्त सम्भायता देखिएसँगै यस स्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने सोचले नेपाल टे«किङ एशोसिएसन अफ नेपाल९टान० ले यहाँ दुई वर्ष अन्नपूर्ण दिवश मनाइसकेको छ ।

ग्रामीण पर्यटनको धेरै सम्भावना बोकेको मिर्सा गाउँमा पर्यटकीय गतिविधि वृद्धि गर्ने विषयलाई आफूहरूले प्राथमिकतामा राखेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च, कास्कीका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । “मिर्सा गाउँमा पर्यटकीय विकासका धेरै सम्भावना रहेका छन्,” उहाँले भन्नुभयो, “यहाँका प्राकृतिक सुन्दरता, हिमाली दृश्य, स्थानीय संस्कृतिबारे पर्यटन बजारमा प्रचारप्रसार गरिनु आवश्यक छ ।”

प्राचीन बनोटका घर, स्थानीय संस्कृति, ऐतिहासिक एवम् धार्मिक भूमे स्थान९कोट मन्दिर०, परम्परागत पानी घट्ट लगायत यहाँ धेरै पर्यटकीय आकर्षण भएको स्थानीयवासी जसबहादुर परियारले जानकारी दिनुभयो । गाउँको शिरानमा रहेको प्राचीन एवम् धार्मिक महत्वको कोट मन्दिरमा प्रत्येक वर्षको चैते दसैंमा विशेष पूजाआजा हुने गरेको स्थानीयवासी बताउँछन् ।
ग्रामीण पर्यटनको विकासका लागि सरकारले २०६७ सालदेखि घरबास कार्यक्रमको अवधारणा अघि सारेको र यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउन आवश्यक रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।

“ग्रामीण पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने मिर्सा गाउँबारे प्रचारप्रसार हुन आवश्यक छ,” उहाँले भन्नुभयो, “पोखराबाट निकै नजिक रहेको हिमालको काखमा अवस्थित यो गाउँमा पर्यटकीय गतिविधि बढाउन स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्न हामी प्रतिबद्ध छौं । यहाँको पर्यटकीय विकासका लागि पर्यटन सम्बद्ध सबै सङ्घ संस्थाको सहकार्य आवश्यक छ ।” रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL