Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

थकाली समुदायको १२ वर्षे कुम्भमेला सकियो

मुस्ताङ, ६ माघ । थकाली समुदायको १२ वर्षे कुम्भमेला (ऐतिहासिक ल्ह्फेब पर्व)को समापन भएको छ । मुस्ताङको थाक सातसय क्षेत्र बसोबास गर्दैै आएका थकाली चारचनको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्वमा १२ वर्षपछि निकालिएको देवताको बुधबार विधिपूर्वक व्यवस्थापन गरिएपछि मेला समापन भएको हो ।

गत पुस १५ गतेदेखि सुरु भएको कुम्भमेलामा धार्मिक पूजापाठका साथै विभिन्न सांस्कृतिक कार्यक्रम देखाइएको थियो । मेलाको अवसरमा म्याराथुन दौड, कविता वाचन, जातीय उत्थानसम्बन्धी अन्तरसंवाद तथा बृहत् निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम सम्पन्न भएको थियो ।

बृहत् स्वास्थ्य शिविरमा ६ सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । संस्कृतिको संरक्षण, जातीय उत्थान र विकासका लागि अग्रजले सदियौँदेखि मनाउँदै आएको परम्परा जोगाउन पर्व सफल भएको आयोजक समितिले जनाएको छ ।

मेलाको समापन गर्दै थकाली सेवा समितिकी केन्द्रीय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासङ्घकी प्रथम उपाध्यक्ष कृष्णकुमारी शेरचनले पुर्खाले सञ्चालन गर्दै आएको धार्मिक महत्वको पर्वलाई संस्थागत विकास गर्न सके चार देवताले रक्षा गर्ने बताउनुभयो ।

समापनका अवसरमा १८ दिनसम्म सञ्चालित पर्वलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आयोजकले दोसल्ला ओढाएर सम्मान गरेका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL