Breaking News Tuesday, 17 Jan, 2017
Prestige Media

एक वर्षभित्र तीन वटै निर्वाचनः परराष्ट्रमन्त्री

काठमाडौँ, ४ माघ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका क्रममा एक वर्षभित्र मुलुकका तीन वटै तहको निर्वाचन सम्पन्न गरिने बताउनुभएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘दोस्रो राइसिना डायलग’ अन्तर्गत ‘विग पोलिटिक्स एण्ड न्यु च्यालेन्जेस’ विषयको सम्मेलनलाई सम्बोधन गर्र्दै मन्त्री डा महतले संविधानको दायराभित्र सबैलाई समेट्ने आफ्ना प्रयास जारी रहेको अवगत गराउँदै त्यसमा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयनको महत्वपूर्ण चरण नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन तोकिएको समयभित्र गराउनु हो भन्दै अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकको सद्भाव, ऐक्यबद्धता र सहयोग संविधानको कार्यान्वयन र नेपालको आर्थिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मन्त्री डा. महतले शान्तिपूर्ण, समृद्ध र विकसित नेपालका लागि देशको अपार जलस्रोतको सम्भाव्यतालाई उपयोगमा ल्याउन दुई देशबीच सहकार्य आवश्यक भएको बताउनुभयो ।

शिक्षा र स्वास्थ्य तथा नागरिकका दैनिक सवालमा भन्दा सुरक्षा तथा आतङ्कवाद नियन्त्रणमा बजेट खर्चनु परेका कारण अल्पविकसित मुलुकपछि परेको जनाउँदै उहाँले नेपालले दीगो विकास लक्ष्य र पेरिस सम्झौतालाई पछ्याउँदै आफ्ना विकासका पाइला अघि बढाउने स्पष्ट गर्नुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL