Breaking News Tuesday, 17 Jan, 2017
Prestige Media

हिउँ चितुवा संरक्षणका विश्वव्यापी प्रयासबारे छलफल

काठमाडौँ, ४ माघ । ‘सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयास ः प्रगति र आगामी कदम’ बारेमा नेपालमा अन्तर्राष्ट्रियस्तरको छलफल सुरु भएको छ ।

विश्वमा हिउँ चितुवा पाइने १२ देशका वन–वातावरण मन्त्री र सम्बन्धित उच्चस्तरीय प्रतिनिधिको सहभागितासहितको कार्यशाला आजदेखि काठमाडाँैमा सुरु भएको हो ।

दुई दिने ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलइपी) तथा सर्वेक्षण कार्यशाला’मा हिउँ चितुवा संरक्षणमा विश्वव्यापी रुपमा भएका प्रयास र प्रगतिका बारेमा छलफल हुने आयोजक समितिले जनाएको छ ।

कार्यशाला शुभारम्भ गर्दै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले हिउँ चितुवा संरक्षणमा सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताउनुभयो ।

मानव र जनावरबीच हुने द्वन्द्व, प्राकृतिक विपत्ति, जलवायु परिवर्तन, वासस्थानको विनाश, चोरी सिकारीजस्ता कारणले हिउँ चितुवा संरक्षणमा चुनौती देखिएको भन्दै छ मन्त्री भण्डारीले चोरी सिकारी नियन्त्रणका लागि कडा कानुनीे व्यवस्था गरिएको छ भन्नुभयोे ।

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, कजाखस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पनि पाइन्छ ।

कार्यक्रममा वन राज्यमन्त्री दीर्घराज भाटले हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउँदै यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना गर्ने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभयो ।

राज्यमन्त्री भाटले बैठक हिउँ चितुवा र तिनीहरुको उच्च हिमाली पारिस्थितिकीय प्रणाली संरक्षण गर्न र पर्यापर्यटनमार्फत त्यहाँ बसोबास गर्ने मानिसको जीवनस्तर उकास्नबारे कार्यदिशा पहिल्याउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा निमित्त वन सचिव पेमनारायण कँडेलले हिउँ चितुवा संरक्षणमा देखिएका प्रमुख चुनौतीको सामना गर्न मन्त्रालयले योजनाबद्ध रणनीतिक कार्यक्रम अघि बढाएको छ भन्नुभयो ।

मन्त्रालयले हिउँ चितुवा पाइने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएमध्ये पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीदेखि अपिनपा संरक्षण क्षेत्रसम्मका भाग रहेको निमित्त सचिव कँडेलले जानकारी गराउनुभयो ।

सम्मेलन उच्चस्तरीय आयोजक समितिका अध्यक्ष एवम् निवर्तमान वन सचिव कृष्णचन्द्र पौडेलले जलवायु परिवर्तनका नकारात्मक असरले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको भन्दै हिउँ चितुवा संरक्षणले अन्ततः हिमाली पर्यावरणकै संरक्षणमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।
हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको आयोजक समितिले जनाएको छ ।

सो सम्मेलनकोे निष्कर्ष यही माघ ५ गते नेपालमै हुने हिउँ चितुवासम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठकमा पेस हुने बताइएको छ ।

कार्यक्रममा जिएसएलइपी सचिवालयका केशव वर्मा, संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय सहयोग नियोगका कार्ल वुस्र्टर, विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङलगायतले हिउँ चितुवाको सरंक्षणमा देखिएका चुनौतीसँग जुध्न साझा प्रयास र सरकारी प्रतिबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घसंस्थाको संयुक्त प्रयास भएको र यसको जसको प्रमुख उद्देश्य हिउँ चितुवाको प्राकृतिक वासस्थान जोगाइ राख्नु हो ।

सो उच्चस्तरीय बैठकले सन् २०१७ को मध्यतिर कजाखस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँ चितुवासम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि कार्यसूचि तयार पार्नेछ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL