Breaking News Friday, 30 Dec, 2016
Prestige Media

देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक– पूर्वमन्त्री बस्नेत

भक्तपुर, १५ पुस । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।

हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज यहाँ आयोजित नवौ वार्षिक साधारण सभामा उहाँले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताउनुभयो ।

नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै जबरर्जस्ती अगाडि बढे देशलाई नोक्सान हुने बताउनुभयो ।

देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदान बन्न थालेको बताउँदै उहाँले भन्नुभयो“नेपाल अन्तर्राष्ट्रिय राजनीतिक खेल मैदानको रुपमा प्रयोग गर्न खोजिएको छ, यसबाट सरकार सजग हुने बेला आएको छ ।”

विदेशी शक्तिको दबाबमा नेपाली राजनीति चल्ने प्रवृत्ति हटन नसक्दा नेपालमा विदेशी प्रभाव बढ्दै गएको औल्याउँदै उहाँले सबै दलहरु मिलेर देशलाई अगाडि लैजान सके विदेशी चङ्गुलबाट बच्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय सहकारी बैँकका सञ्चालक ज्ञानबहादुर तामाङले नेपालका ५५ लाख नागरिक सहकारीमा आवद्ध भएको र चार लाखले प्रत्यक्ष रुपमा रोजगारी पाएको चर्चा गर्दै सरकारी, निजी र सहकारी अभियान सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर उद्योग वाणिज्य सङ्घका महासचिव शिव मानन्धर, नागरिक अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वालगायतले उद्योग एवम् व्यवसाय प्रवद्र्धन गर्नसके देशमा आर्थिक सङ्कट कहिल्यै नआउने बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष विज्ञान राईले ७४ लाख ७५ हजार ६९९ रुपैया खुद नाफा गर्न सफल भएको र सेयर सदस्यलाई १२ प्रतिशत बोनस वितरण गरेको जानकारी दिनुभयो । संस्थाको रु ५१ करोड दुई लाख ३० हजार ४३७ को निक्षेप सङ्कलन भएको र कूल रु तीन करोड ३४ लाख ३४ हजार ७०० सेयर पुँजी रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा संस्थाका चारजना उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ भने यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट हुने संस्थाका सदस्यको ३४ जना छोराछोरीलाई ताम्रपत्रसहित नगद जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL