Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

‘निर्वाचनका लागि संविधान संशोधन’

भक्तपुर, १४ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधानमा असन्तुष्ट रहेका १० प्रतिशतलाई पनि सन्तुष्ट बनाएर निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

चालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी चिन्तन प्रतिष्ठान, भक्तपुरले यहाँ आयोजना गरेको ‘राज्यमा विधिको शासन’ विषयको विचार गोष्ठीमा उहाँले निर्वाचनका लागि संविधान संशोधन अत्यावश्यक छ भन्नुभयो ।

उहाँले संविधान कार्यान्वयनको आधारशीला निर्वाचन भएकाले त्यसमा जान पनि संविधान संशोधन आवश्यक रहेको औँल्याउनुभयो । संसद्मा संविधान संशोधन प्रस्तावमा छलफल गरी त्यसलाई परिमार्जन गरेर पनि जान सकिने भएकाले नेकपा(एमाले)लगायत प्रतिपक्ष दललाई संसदीय विधिको उल्लङ्घन गर्न छाडेर संविधान कार्यान्वयनको बाटो खोल्नका लागि संसद् खुलाउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले दलहरु सहमतिको नजिक पुगेकाले सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थलगायतले लोकतन्त्रलाई बलियो बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL