Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

छुवाछूतका घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा भइरहेको जातीय भेदभाव तथा छुवाछूत घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने बताउनुभएको छ ।

पछिल्लो पटक काभ्रेकी लक्ष्मी परियारको हत्यालगायत मुलुकभरि भएका छुवाछूतका घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दलित समदायले प्राप्त गरेका उपलब्धि कमजोर हुँदै गएका कारण पनि दिन प्रतिदिन छुवाछूतका घटना बढ्दै गएको बताउँदै विभेदका विरूद्ध दलित समुदायबीचको एकता अहिलेको अपरिहार्य आवश्यकता हो भन्नुभयो ।

लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कानुनी कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, मलमूत्र खुवाएको घटनामा मिलापत्र गराउने प्रहरीलाई कारबाही गर्नुपर्ने, झुठा मुद्दामा फसाउने नियतका साथ हिरासतमा राखिएका लक्ष्मी परियारका श्रीमान्को तत्काल रिहाइ गर्नुपर्ने र काभ्रे सानोबाङ्थलीका दलित परिवारको सुरक्षा गर्नुपर्ने लगायतका माग गर्दै समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका संयोजक डम्बर विश्वकर्माले आजको २१औँ शताब्दीमा समेत मान्छेले मान्छेलाई छुवाछूतको आडमा विभेद गर्दै हत्या गर्दासमेत सरकारले दोषीमाथि कारबाही गर्न नसकेको गुनासो गर्नुभयो ।

सांसद तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतम, नेपाल दलित सङ्घकी महासचिव लक्ष्मी परियार, नेपाल दलित मुक्तिमोर्चाका अध्यक्ष तिलक परियार र दलित नागरिक समाजका अगुवा पदम सुन्दास लगायतले छुवाछूतको घटनामा संलग्न दाषीमाथि कारबाही नगरेको खण्डमा आफूहरू तत्काल देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL