Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

महिलाबाट पुरुष बन्न गृहमा निवेदन

१० पुस, काठमाडौं । काभ्रेस्थित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयको नागरिकता फाँटमा एउटा पत्र आइपुग्यो । त्यो पत्रले शाखाका कर्मचारीहरूलाई चार वर्षअघिको घटना मात्रै सम्झाएन, फेरि उस्तै प्रकृतिको अर्को कागजी प्रक्रिया सुरु गर्नुपर्ने अवस्थासमेत निम्त्यायो । काभ्रेका दनुवार थरका ती नागरिकको निवेदनमा आफू पुरुष भएको जनाउँदै नागरिकतामा लिंग महिला लेखिएको व्यहोरा सच्याइपाउँ भनिएको थियो ।

नागरिकता लिँदा आफू महिला भएको तर कालान्तरमा पुरुष हर्मोन बढेको र पुरुषकै स्वभाव वृद्धि भएकाले आफू पुरुष नै भएको निक्र्योलमा पुगेको उनको निवेदनमा उल्लेख छ । धुलिखेलस्थित अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणले पनि पुरुष नै भएको मेडिकल सिफारिसका साथमा उनले जिप्रकामा नागरिकतामा लिंग परिवर्तन गरिपाउँ भन्ने निवेदन दिएकी थिइन् । मौजुदा कानुनमा लिंग परिवर्तनको कुनै व्यवस्था नभएकाले जिप्रकाले उक्त निवेदन गृह मन्त्रालय पठाइदिएको थियो ।

वि.सं. २०६८ माघमा कलाकार सन्तोष पन्तका छोरा प्रतीक लिंग परिवर्तन गरेर छोरी बनेका थिए । थाइल्यान्डको एक क्लिनिकमा लिंग परिवर्तन गरेपछि उनले आफ्नो नाम केटलिन त बनाए नै गृह मन्त्रालयको नागरिकता फाँटमा लिंग परिवर्तनका निम्ति निवदेनसमेत दिए । फाँटले त्यतिबेला आवश्यक मेडिकल प्रमाणका आधारमा गृह सचिवकहाँ सिफारिस गर्योे । लिंग परिवर्तनको निर्णयका निम्ति गृह मन्त्रालयले त्यतिबेला मन्त्रिपरिषदको स्वीकृति लिएको थियो ।

नागरिकता फाँटले दनुवारको निवेदनउपर आवश्यक रायका निम्ति स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्योँ । स्वास्थ्यले दनुवारको फाइल आवश्यक परामर्शका निम्ति नेपाल मेडिकल काउन्सिलमा पठायो । काउन्सिलले आवश्यक प्रक्रियाका निम्ति वीर अस्पताल सञ्चालन गरिरहेको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा पठायो । वीर अस्पतालमा गरिएको बायोलोजिकल परीक्षणले उनी पुरुष नै भएको ठहरसहितको पत्र नागरिकता फाँटमा पठायो ।

त्यसपछि फाँटले थप आवश्यक स्वीकृति र प्रक्रियाका लागि गृह सचिव लोकदर्शन रेग्मीकहाँ सिफारिस गर्योे । नागरिकता फाँटका प्रमुख सागरमणि पाठकका अनुसार विदेश भ्रमणमा रहेका सचिव रेग्मी फर्किनेबित्तिकै यो फाइल अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइनेछ । मन्त्रिपरिषद्ले स्वीकृति दिए दनुवारको नागरिकतामा भएको महिलाको परिचय हटाएर पुरुष बनाइनेछ ।

ट्रान्सजेन्डर अर्थात् लिंग परिवर्तनको अभ्यास विश्वमा नयाँ भने होइन । थाइल्यान्ड लिंग परिवर्तनका निम्ति विश्वकै आकर्षक गन्तव्यका रूपमा रहेको छ ।

फाँटका एक कर्मचारीका अनुसार दनुवारबाहेक अर्का एकजना पुरुष पनि लिंग परिवर्तनबारे बुझ्न आएका छन् । ती कर्मचारीका अनुसार कानुनी प्रक्रिया सहज हुने भए आफूले लिंग परिवर्तन गर्न आँटेको उनको भनाइ छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL