Breaking News Sunday, 25 Dec, 2016
Prestige Media

झमकको १३औँ कृति सार्वजनिक

धनकुटा, १० पुस । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्ला धनकुटामा सार्वजनिक गरिएको छ ।

शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् ।

कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान तथा बधाई दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सेरेब्रलपाल्सी नामक मस्तिष्क पक्षघातले पीडित साहित्यकार घिमिरेका यो सङ्ग्रहसहित विभिन्न विद्याका १३ वटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन् ।

यसअघि ‘जीवन काँडा कि फूल’ सङ्ग्रहबाट मदन पुरस्कार पाएकी झमकले प्रेमिल आकासमा गद्य कविता सङ्ग्रहमार्फत हालसम्म आफूले जीवन बुझेदेखिको भोगाइ सचित्र व्याख्या गरेकी छन् । पुस्तक सार्वजनिक एवम् परिचर्चा र बधाई सम्मान कार्यक्रममा झमकको जीवनमा आधारित चलचित्रसमेत तयारी गरी प्रदर्शनको तयारमा रहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

मध्यरातपछि सुरू भयो रास्वपाको मतदान, अहिलेसम्म कतिले भोट हाले?

भेनेजुएलामा शक्तिशाली भूकम्प, मानवीय क्षति धेरै भएको आशंका

फेवातालमा डुबेका युवकको उपचार क्रममा मृत्यु

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्

सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

म प्रधानमन्त्री भइसकेको मानिस हुँ, यो उमेरमा ललीपप खान्नँ- बाबुराम भट्टराई

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL