Breaking News Friday, 23 Dec, 2016
Prestige Media

दैलेखमा १७ करोडको सुन्तला उत्पादन

दैलेख, पुष ८ । दैलेखमा यो वर्ष करिव १७ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष १० करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भएकोमा यस वर्ष करिब १७ करोडको उत्पादन भएको हो ।

गत वर्ष जिल्लामा १ हजार ५ सय ७६ हेक्टरमा सुन्तला खेती गरिएको भए पनि ५ सय ८२ हेक्टरबाट ५ हजार ८ सय ६४ टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । गत वर्षको तुलनामा जिल्लामा यस वर्ष ०.५ प्रतिशतले मात्र सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय दैलेखका योजना अधिकृत राजु भुजले बताए ।

उनका अनुसार यस वर्ष ५ सय ८५ हेक्टरमा फलेको सुन्तलाबाट ५ हजार ८ सय ८६ टन उत्पादन भएको हो । विगतका वर्षमा भन्दा तुलनात्मक रुपमा गत वर्ष दैलेखमा सुन्ला उत्पादनमा वृद्धि भए पनि यो वर्ष सुन्तलामा फैलिएको रोग किराले ०.५ प्रतिशतले मात्र वृद्धि भएको अधिकृत भुजले बताए ।

जिल्लामा १७ करोड रुपैयाँबराबरको सुन्तला उत्पादन भए पनि यस वर्ष करिब १२ करोडको निर्यात हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ । सो कार्यालयका अनुसार उत्पादनको ६० प्रतिशत सुन्तला निर्यात र करिव ४० प्रतिशत जिल्लामै खपत हुने गरेको छ ।

दैलेखको दुल्लु, छिउँडी, गमौडी र सेर्माकोट क्षेत्रमा सुन्तला बढी उत्पादन हुने गरेको छ । त्यस्तै जम्भुकाँध, चामुण्डा र विशालालगायतका क्षेत्रका किसान पनि सुन्तला खेतीप्रति आकर्षित हुँदै गएका छन् ।

सुन्तला उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले यस वर्षदेखि १ सय ६० हेक्टरका लागि ५० प्रतिशत अनुदानमा कृषकलाई ४८ हजार सुन्तलाको बेर्ना उपलव्ध गराउने तयारी गरेको छ । सुन्तला उत्पादनमा वृद्धि ल्याउन यस वर्षदेखि विभिन्न योजना अगाडि बढाइने योजना अधिकृत भुजले बताए ।

“सुन्तलाका लागि राम्रो हावापानी भए पनि पुराना बगैंचाको व्यवस्थापन गर्न नसक्दा उत्पादन कम हुने गरेको हो,” अधिकृत भुजले भने, “उत्पादन वृद्धि गर्न बाली उपचार शिविर, समस्या निदान अभियान र काँटछाँटको अभियान सञ्चालन गर्ने तयारी गरेका छौं ।”

सुन्तला वालीमा क्षेत्र विस्तार तथा वजारीकरण गर्न दैलेखमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनको तयारी भएको पनि अधिकृत भुजले बताए । दैलेखमा उत्पादित सुन्तला स्थानीय बजारका साथै सुर्खेत, नेपालगन्ज, बुटवल, काठमाडौंलगायतका शहरमा निर्यात हुने गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL