प्रमुख समाचार Friday, 23 Dec, 2016
Prestige Media

संविधान पूर्ण कार्यान्वयनका लागि तिनै तहको निर्वाचन : सभापति देउवा

काठमाडौँ- नेपाली काँग्रेसका शीर्ष नेताहरुले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गराई तीनै तहका निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्।

काँग्रेसका जिल्ला कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधान कार्यान्वयनका लागि आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय तहका निर्वाचन गर्नु अपरिहार्य भएको बताए।

काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीको उपलक्ष्यमा शुक्रबार आयोजित उक्त सम्मेलनमा काँग्रेस सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिका साथ संविधानले निर्धारण गरेको अवधिभित्र तीनै तहका निर्वाचन गर्न सकिएमात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए।

आफैले प्रस्ताव गरेको प्रदेश सीमाङ्कन प्रस्तावको विरुद्धमा नेकपा (एमाले) लागेको आरोप लगाउँदै उनले भने– “कति दिनसम्म संसद् चल्न नदिने ?, के उनीहरुको जिम्मेवारी छैन् ?, मुलुकलाई निकास दिन संसद् खोल्नैपर्छ ।”

काँग्रेस सभापति देउवाले मुलुकको हालसम्मका ठूला परिवर्तन काँग्रेसकै नेतृत्वमा सफल भएको बताउँदै संविधान कार्यान्वयनमा पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास दिलाए।

कार्यक्रममा पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकका गम्भीर विषयमा दलहरुबीच अविश्वास बढेका कारण वर्तमान गतिरोध उत्पन्न भएको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बेला सबै दल सहमतिमा आउनुको विकल्प नभएको धारणा व्यक्त गरे।

उनले भने, “प्रदेश सीमाङ्कन सम्बन्धमा तराईका जनतामाथि अविश्वास गरे देशका लागि घातक हुन्छ ।” पार्टीभित्र गुटउपगुट बढेकोमा चिन्ता व्यक्त गर्दै वरिष्ठ नेता पौडेलले भने, “लटपट्याएर पार्टी कब्जा गर्ने अवस्थामा एकताको कुरा गरेर मात्र केही हुदैन्।”

महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान राजनीतिक गाँठो फुकाउन ठूलो दलको हैसियतले काँग्रेसको नेतृत्वमा सबै दल मिलेर गहन छलफल गर्नुपर्ने बताए। संविधान संशोधनका सम्बन्धमा ५– नम्बर प्रदेशका जनताको भावना पनि समेट्नुपर्ने उनको धारणा थियो।

पार्टीका कोषाध्यक्ष एवम् शान्ति तथा पुननिर्माणमन्त्री सीतादेवी यादवले पार्टीका सबै तहका कोषाध्यक्षलाई कोष सङ्कलन, पारदर्शी रुपमा खर्च र दुरुस्त हिसाबकिताब राख्नु महत्वपूर्ण जिम्मेवारी भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

पूर्व महामन्त्री प्रकाशमान सिंहले काँग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको बताउँदै अब काँग्रेसको ध्यान तिनै तहका निर्वाचन गरी संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलहरुबीच राष्ट्रिय एकता र मेलमिलापको खाँचो रहेको औल्याए।

सहरी विकासमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा विवेक भन्दा वार्गेनिङका आधारमा निर्णय हुने गरेको गुनासो गर्दै भने, “म पनि छुट्टै गुट बनाउ की भन्ने सोच्दैछु ।”

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा लेबी व्यवस्थालाई व्यवस्थित बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल हुने बताइएको छ।

सम्मेलनमा राजनीतिक दलले आर्थिक व्यवस्थापनका लागि गरिने चन्दा अभियान भय र त्रासबाट मुक्त गर्ने उपाय, पारदर्शीताका लागि आयव्ययको सार्वजनिकिरण गर्ने व्यवस्था तथा विश्वस्तरबाट राष्ट्रियस्तरका पार्टीलाई आर्थिक सहयोगको व्यवस्थाका लागि राज्यस्तरबाट पहल गर्ने विषयमा समेत छलफल हुने कार्यक्रम रहेको संयोजक गोविन्द पुडासैनीले बताए। रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL