Breaking News Wednesday, 21 Dec, 2016
Prestige Media

दुर्गमका प्राङ्गारिक कृषि उपज काठमाडौँमा

काठमाडौँ, ६ पुस । पैँचो पसल प्रालिले पहाडी तथा उच्च पहाडी भेगका किसानले उत्पादन गरेका प्राङ्गरिक कृषि उपज मङ्गलबारदेखि काठमाडौँमा ल्याएको छ ।

सो संस्थाले अचार, मकैको पीठो, कोदोको पीठो, गुन्द्रुक, मस्यौरा तथा विभिन्न प्रकारका जुस बजारमा ल्याएको छ । यहाँ मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले ती उत्पादनको बजारमा राम्रो माग भएकाले नयाँ उत्पादन बजारमा ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँले गत वर्ष सो संस्थाले रु १५ करोडको कारोबार गरेको जानकारी दिँदै यस वर्ष दक्षिण एसियाली मुलुक (सार्क) सम्म उत्पादन विस्तार गरिने बताउनुभयो । गुल्मी, अर्घाखाँची, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र पाल्पामा करिब ५० सङ्कलन केन्द्र विस्तार गरी विभिन्न जिल्लामा सामग्री आपूर्ति गर्दै आएको सो संस्थाले मकैको पीठो, मस्यौरा पहिलो पटक ल्याएको हो ।

गुल्मीको रिडीमा प्रशोधन उद्योग स्थापना गरी स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको कम्पनीले स्थानीय कृषकका उत्पादनलाई खरिद गरी विभिन्न उत्पादन गरी त्यसको बजारीकरण गरेको छ । सो संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब १० हजारलाई रोजगारी प्रदान गरेको बताएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL