प्रविधि
Friday, 5 Feb, 2016
एप्पललाई उछिन्दै गुगल विश्वकै धनी कम्पनी
माघ १९, २०७२- गुगलको माउ कम्पनी अल्फाबेटले एप्पललाई उछिन्दै विश्वकै धनी कम्पनी बन्न सफल भएको छ ।
पछिल्लो आर्थिक विवरण अनुसार अल्फाबेटले यो वर्षको चौथो त्रैमासिक आर्थिक विवरण अनुसार ४.९ अर्ब डलर मुनाफा गरेको छ । जुन गत वर्ष मात्र ४.७ अर्ब डलर थियो ।
यो घोषणासँगै अल्फाबेटको सेयर मुल्यमा पनि ९ प्रतिशतले बढोत्तरी भएको छ । यसको मतलब अब अल्फाबेटको मुल्य ५६८ अर्ब डलर पुगेको छ भने एप्पलको मात्र ५३५ अर्ब डलर छ ।







