स्वास्थ्य Tuesday, 15 May, 2018
Prestige Media

झापामा दुईदर्जन भन्दा बढी अस्पताल

काँकडभिट्टा, जेठ १ गते । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् ।

सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई वटा छालासम्बन्धी उपचार गर्ने अस्पताल डेल्फी स्किन र मेडिपल स्किन अस्पतालमा पाँच–पाँच शय्या रहेको उक्त कार्यालयका सूचना अधिकृत देवराज कार्कीले जानकारी दिनुभयो ।

उक्त कार्यालयले २५ शय्या क्षमतासम्मका अस्पतालका लागि अनुमति दिने र त्यसभन्दा माथिको अनुमति स्वास्थ्य विभागबाट नै लिनुपर्ने कानूनी व्यवस्था रहेको उहाँले बताउनुभयो ।

विषयगत रुपमा सात वटा अस्पतालमध्ये पाँच वटा आँखा उपचार र दुई वटा छालासम्बन्धी मात्र उपचार गर्ने अस्पताल सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

सरकारी तथा निजी गरी ७० वटा स्वास्थ्य संस्था जिल्लामा सञ्चालनमा रहे पनि शय्या क्षमताको समेत अनुमति लिएर अस्पतालका रुपमा सञ्चालन भएको स्वास्थ्य संस्था भने २७ वटा मात्र रहेको उक्त कार्यालयका तथ्याङ्क अधिकृत तोयानाथ दाहालले जानकारी दिनुभयो ।

जिल्लामा अस्पतालबाहेक दर्ता भएका डे केयर सेन्टर र क्लिनिकले पनि सेवा प्रदान गरिरहेका छन् । (रासस)

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

अमेरिकाद्वारा रुसविरुद्ध परमाणु पनडुब्बी तैनाथ

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

महानगरको छात्रवृत्ति परीक्षामा सोह्र हजार सहभागी हुँदै

स्वास्थ्य बीमा क्षेत्रमा पुन विचार गरिनेछ: प्रधानमन्त्री

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्नु : प्रम केपी ओली

अब रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

अण्डाको मूल्य बढ्यो

कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL