प्रविधि Friday, 10 Nov, 2017
Prestige Media

मोटोरोलाले ल्यायो चार नयाँ मोडल

अमेरिकी मोबाइल कम्पनी मोटोरोलाले नेपाली बजार चार मोडलका नयाँ टेलिफोन सेट प्रस्तुत गरेको छ । मोटोरोलाले यसपटक मोटो सी, मोटो सी प्लस, मोटो इ–फोर तथा मोटो इ–फोर प्लस स्मार्टफोनलाई बजारमा उतारेको हो ।

मोटो ई–फोर प्लसको मुख्य विशेषता यसको ब्याट्री क्षमता हो । ५ हजार एमएएच ब्याट्री क्षमतायुक्त यो सेट एकपटक चार्ज गरेपछि दुई दिनसम्म टिक्छ भने यसको ब्याट्री अन्य सेटको तुलनामा तीव्र रूपमा चार्ज हुन्छ । ५ दशमलव ५ इन्चको डिस्प्लेयुक्त यो सेटमा १ लाख ६० हजार कलर छन्, जसले डिस्प्लेलाई चहकिलो बनाउँछ । क्वाडकोर १ दशमलव ३ गिगाहर्ज प्रोसेसर रहेको यो सेटमा ३ जिबी र्‍याम तथा ३२ जिबी इन्टरनल मेमोरी छ ।

फिंगर प्रिन्ट सेन्सरका आधारमा मोबाइल खोलिने हुनाले यो फोन बढी सुरक्षित छ । यो सेटको फ्रन्ट क्यामेरा ५ मेगा पिक्सेल क्षमताको छ । लेन्सको वाइडनेस ८४ डिग्री छ, जसले वाइड एंगलमा फोटो खिच्न मिल्छ भने सेल्फी खिच्न लाइट कम भयो भने यसको लिडलाई प्रयोगमा ल्याउन सकिने सुविधा छ । यो सेटको रिअर क्यामेरा भने १३ मेगापिक्सेलको छ । तीन फरक रंगमा उपलब्ध यो सेटको नेपाली बजार मूल्य २० हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

source ; kantipur saptahik

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

निष्क्रय बनाइएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य

युरोपियन अटो ग्रुपद्वारा अमेरिका र इयूबिचको सम्झौताको स्वागत

एआईबाट लाभ लिनुपर्ने मन्त्रीको भनाइ

अन्तरिक्ष स्टेशनतर्फ अमेरिका,जापान र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा

लोक सेवा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक

नेप्से २९ सय नजिक बढ्यो ७५.८४अंक

ट्राफिक सचेतना कक्षा अनलाइनबाट

नासाले अक्सियम मिसन-४ प्रस्थानको प्रत्यक्ष प्रसारण गर्ने

एप्पलद्वारा इयूलाइ ५० करोड युरो जरिवानाबारे पुनर्विचार गरिदिन आग्रह गर्ने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL