खेलकुद Friday, 3 Nov, 2017
Prestige Media

पीएसजी र बायर्न नकआउट चरणमा, बार्सिलोना र युभेन्टस बराबरीमा

लन्डन : युरोपियन च्याम्पियन्स लिग फुटबलको बुधबार खेलिएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ठूलोअन्तरको जितसँगै नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस भने आआफ्ना प्रतिद्वन्द्वीसँग बराबरीमै रोकिएका छन् । इङ्लिस क्लब चेल्सीले पराजय व्यहोरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रक्षक लेभिन कुर्जावाले ह्याट्रिक गरेपछि पीएसजीले बेल्जियमको एन्डरलेचलाई ५-० गोलले हरायो ।यसैगरी स्कटिस च्याम्पियन सेल्टिकलाई २-१ गोलले पराजित गर्दै जर्मन क्लब बायर्न पनि समूह ‘बी’ बाट नकआउट चरणमा पुग्यो । अग्रपंक्तिका स्ट्राइकरद्वय एडिन्सन काभानी र नेमार प्राप्त अवसरलाई गोलमा परिणत गराउन असफल भइरहँदा रक्षक कुर्जावाले ह्याट्रिक गर्दै पीएसजीलाई सानदार जित दिलाए । पहिलो हाफको इन्जुरी समयमा एक गोल गर्दै पीएसजीको अग्रता २-० मा पुर्‍याएका नेमार अन्य अवसरमा भने गोल गर्न चुकेका थिए ।

गत सिजन टोलीका लागि सर्वाधिक गोलकर्ता र यो सिजन १५ गोल गरिसकेका काभानीले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलमा तीन अवसर पाएका कुर्जावाले तीनै अवसरलाई सदुपयोग गरे । ‘यो ह्याट्रिकले मलाई निकै खुसी दिएको छ’, कुर्जावाले भने, ‘मैले यसअघि पनि गोल गरेको छु तर, तीन गोल गरेको थिइन ।’ कुर्जावाले ५२औं, ७२औं र ७८औं मिनेटमा गोल गरेका थिए।

यसैगरी समूह ‘बी’ अन्तर्गतकै अर्काे खेलमा जाभी मार्टिनेजले ७७औं मिनेटमा निर्णायक गोल गर्दै बायर्नलाई प्रतियोगिताको नकआउट चरणमा पुर्‍याए । खेल १-१ को बराबरीतर्फ अघि बढिरहेको अवस्थामा हेडिङमार्फत गोल गर्दै मार्टिनेजले टोलीको जित सुनिश्चित गरेका थिए । त्यसअघि खेलको २२औं मिनेटमा कोमानले नै बायर्नलाई १-० ले अघि बढाएका थिए । ७४औं मिनेटमा सेल्टिकका कलुम म्याकग्रेगोरले जवाफी गोल गरेका थिए । उक्त समूहबाट पीएसजी र बायर्नको नकआउट चरणमा प्रवेश गरे भने सेल्टिक र एन्डरलेच उपाधि होडबाट बाहिरिए ।

बार्सिलोना भने ग्रिसको ओलम्पियाकससँग गोलरहित बराबरीमा रोकियो । युभेन्टसले पनि पोर्चुगिज क्लब स्पोर्टिङसँग १-१ गोलको बराबरी खेल्यो । चेल्सीलाई इटालियन क्लब एएस रोमाले ३-० गोलले हरायो । ग्रिसमा भएको खेलमा घरेलु टोलीका गोलरक्षक सिल्भियो प्रोतोले लियोनल मेसीको प्रहार बारम्बार असफल बनाउँदा बार्सिलोना जितबाट वञ्चित भयो । १० अंक बनाएको बार्सिलोना समूह ‘डी’ को शीर्ष स्थानमा छ । समान खेलबाट सात अंक बटुलेको युभेन्ट्स दोस्रो स्थानमा छ।
ओलम्पियाकसका गोलरक्षक प्रोतोले मेसीको पाँचवटा उत्कृष्ट प्रहारलाई विफल पारेका थिए ।
बार्सिलोना च्याम्पियन्स लिगको समूहगत चरणको खेलमा गोलरहित बराबरीमा रोकिएको पछिल्लो पाँच वर्षयता यो पहिलोपटक हो । जारी प्रतियोगितामा पनि बार्सिलोनाले पहिलोपटक अंक बाँडेको हो । ओलम्पियाकसले भने लगातार तीन खेलमा पराजय व्यहोरेपछि बार्सिलोनासँग अंक खोसेको हो ।

युभेन्ट्सलाई पनि अंक जोगाउन निकै मुस्किल भयो । स्ट्राइकर गोन्जालो हिग्वेनले खेलको अन्त्यतिर बराबरी गोल गरेपछि मात्र युभेन्टस पराजयबाट जोगिएको थियो । हिग्वेनले ७९औं मिनेटमा हुवाँ क्वाड्राडोले मिलाएको बललाई डीबक्स भित्रबाट फ्लिक गर्दै गोलमा परिणत गराएका थिए । बराबरीको नतिजाले युभेन्टसको समूह ‘डी’ मा दोस्रो स्थान बलियो बनेको हो ।

त्यसअघि खेलको २०औं मिनेटमै घरेलु टोली स्पोर्टिङले अग्रता बनाएको थियो । गेल्सन मार्टिनको प्रहार युभेन्टसका गोलरक्षक जियनलुइगी बुफोनको हातमा लागेर फर्किएपछि सोही अवस्थाको फाइदा उठाउँदै ब्राजिलियन मिडफिल्डर ब्रुनो सेसरले गोलमा गरेका थिए । यद्यपि दोस्रो हाफमा केही सुधारिएको खेल पस्कँदै युभेन्टस खेललाई बराबरीमा फर्काउन सफल भयो ।

इङ्लिस च्याम्पियन चेल्सीले भने निराशाजनक प्रदर्शन गर्‍यो । रोमासँग पराजित भएसँगै चेल्सीले नकआउट चरण प्रवेशका लागि बाँकी दुई खेलमा अझ मेहनत गर्नुपर्ने भएको छ । रोमाका लागि स्टेफन एल सारवीले दुई र डिएगो पेरोट्टीले एक गोल गरे । समूह ‘सी’अन्तर्गतको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड अजरबैजानको क्वाराबागसँग १-१ गोलको बराबरी रोकियो । उक्त नतिजापछि एट्लेटिकोको नकआउट चरणमा पुग्ने सम्भावना पनि कमजोर बनेको छ ।

अर्को इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले भने पोर्चुगिज क्लब बेनफिकालाई २-० गोलले हरायो । जितसँगै म्यान युनाइटेडले नकआउट चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । समूहगत चरणको बाँकी दुई खेलबाट एक अंकमात्र जोड्न सके पनि म्यान युनाइटेड समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ । म्यान युनाइटेडले पहिलो गोल आत्मघाती रूपमा उपहार पाएको थियो भने दोस्रो गोल पेनाल्टीमार्फत सम्भव बनाएको थियो ।

नेमान्जा माटिचले ४५औं मिनेटमा गरेको लामो दूरीको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही बल बेनफिकाका गोलरक्षक माइल सिभलरको ढाडमा ठोक्किएर गोलमा परिणत हुँदा म्यान युनाइटेड १-० ले अगाडि बढेका थियो । त्यसअघि १५औं मिनेटमा सिभलरले एन्थोनी मार्सलको पेनाल्टी प्रहारलाई असफल बनाएका थिए । ७८औं मिनेटमा प्राप्त पेनाल्टी प्रहारको अवसरलाई रक्षक डेली ब्लाइडले गोलमा परिणत गरेपछि म्यान युनाइटेड विजयी भएको थियो । सोही समूहको अर्काे खेलमा रूसी क्लब सीएसकेए मस्कोले स्विट्जरल्यान्डको एफसी बासेललाई २-१ गोलले हरायो । मस्कोले पनि उपविजेताका रूपमा नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवितै राखेका छ । समूह ‘ए’ मा म्यान युनाइटेडपछि मस्को र बासेल दुवैको ६÷६ अंक छ ।

अन्नपूर्णमा खबर छ

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL