किशोर नेपाल: अन्धराष्ट्रवादीले मलाई भारतीय दलाल भन्छन्
म किन अमेरिकामा स्यान्डवीच बनाउन जाउँ ?.
वरिष्ठ पत्रकार किशोर नेपालले अन्तरवार्ता लिन बत्तिसपुतलीमा रहेको एउटा कार्यालयमा बोलाए । कार्यालय उनको आफ्नै रहेछ । हामी पुग्दा उनी कम्युटरमा तास खेल्दै थिए । हामीले नमस्ते गर्यौं । कम्युटरमा एकोहोरिएका उनले मुन्टो नघुमाइकन भने, ‘ल, के छ सोध ।’ प्रश्न राखेपछि बल्ल कुर्सी घुमाए, अनि चिउडोमा हात राखेर जवाफ दिन थाले ।
तपाईंको पारिवारिक पृष्ठभूमि बताइदिनुस न ?
मेरो त्यस्तो विशेषखालको पृष्ठभूमि छैन । अरुको जस्तो हुन्छ, मेरो पनि त्यस्तै हो । के बताइरहनु ?
तैपनि, यत्तिको मान्छेको पृष्ठभूमि पाठकले जान्न पाउनुपर्यो नि..
मेरा पिताजी राजा महाराजको पण्डित हुनुहुन्थ्यो । उहाँको लामो कालखण्ड भारतमा बित्यो । यद्यपि म जन्मेपछि नेपालमै बस्नुभयो । मेरो पढाइ चाबहिलको पशुपति विद्यालय र दरबार हाइस्कुलमा भयो । क्याम्पस त्रिचन्द्रमा पढेँ । यही हो ।
अनलाइन खबर बाट साभार








