Breaking News Friday, 17 Feb, 2017
Prestige Media

एचआइभीको जोखिममा रहेकाको सङ्ख्या दोब्बर

काठमाडाँै, ६ फागुन । सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि भएको देखाएको छ ।

स्वास्थ्य मन्त्रालय, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा ४४ जिल्लामा तथ्याङ्क सङ्कलन र ३१ जिल्लामा सङ्ख्या आँकलन गरी गरिएको अध्ययनले महिला यौनकर्मी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुष, सुईद्वारा लागुपदार्थ लिने व्यक्ति, आप्रवासी कामदार र उनीहरुका यौनसाथीको तथ्याङ्क सङ्कलन गरिएको थियो ।

तथ्याङ्कअनुसार महिला यौनकर्मी न्यूनतम ४३ हजार आठसय २९ र अधिकतम ५४ हजार एकसय ९७ रहेको देखिएको छ । यो सङ्ख्या सन् २०१० मा सङ्कलन गरिएको तथ्याङकभन्दा करिब दोब्बर हो । ७ वर्षअघि यो सङख्या न्यूनतम २४ हजार ६ सय ४९ र अधिकतम २८ हजार तीनसय ५९ रहेको थियो ।

त्यसैगरी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष तथा पुरुषसित यौनकार्यमा संलग्न हुने अन्य पुरुषको सङ्ख्या न्यूनतम ८७ हजार आठसय २६ देखि अधिकतम एकलाख ११ हजार आठसय ५२ रहेको तथ्याङ्कले देखाएको छ ।

सुईद्वारा लागुपदार्थ लिने व्यक्तिको सङ्ख्या भने न्यूनतम २७ हजार दुईसय २६ र अधिकतम ३४ हजार तीनसय ७५ रहेको छ । यो सङ्ख्याले नेपालमा अझै पनि एचआइभीको जोखिम बढाइरहेको देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलले यस अध्ययनको मुख्य उद्देश्य एचआइभीको मुख्य जोखिममा रहेका समूहका बारेमा अनुमानित आँकलन गर्नु रहेको बताउनुभयो । यो तथ्याङ्कले एचआइभी÷एड्सको सङ्क्रमण नियन्त्रणका लागि नीति, नियम, रणनीति तयार पार्न तथा कार्यक्रम तर्जुमाका लागि यो अध्ययन महत्वपूर्ण भएको बताउनुभयो ।

लागुपदार्थ प्रयोगकर्ताका लागि काम गर्दै आएको रिकभरिङ नेपालका राष्ट्रिय अध्यक्ष विष्णु फँुयाल शर्माले यो तथ्याङ्क वैज्ञानिक नभएको र सरकारले हचुवाका भरमा तथ्याङ्क आएको टिप्पणी गर्नुभयो । सन् २०१० को भन्दा अहिलेको तथ्याङ्क निकै अपत्यारिलो भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अघिल्लो अध्ययनमा सुईबाट लागुपदार्थ लिनेको सङ्ख्या करिब ५४ हजार थियो, अहिलेकोमा बढीमा ३४ हजार देखिएको छ । यसले त्यो बीचका व्यक्ति कहाँ गए वा उनीहरुको बारेमा केही उल्लेख गरेको छैन । त्यसैले यो दाताको कार्यक्रम भएकाले कार्यक्रम निरन्तरता दिनलाई मात्र हचुवाका भरमा तथ्याङ्क देखाइएको छ ।’’

यस सम्बन्धमा सरोकारवाला मनिषा ढकालले तथ्याङ्क सतहीरुपमा मात्र देखिएको बताउनुभयो । उहाँले सरकारले दिएका सङ्ख्या कुनैको अघिल्लोभन्दा निकै धेरै र कुनै समूहको निकै थोरै देखाएको छ तर के कारण घटे वा बढे भन्ने विषय स्पष्ट नपारेको बताउनुभयो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका तथ्याङ्क अधिकृत वीरबहादुर रावलले तथ्याङकमा आएका असन्तुष्टिबारे तथ्याङक पुनः विश्लेषण गरिने बताउनुभयो । यो तथ्याङ्क मापन कार्यक्रम सेभ द चिल्डे«न, ग्लोबल फ्रन्ट सम्बन्धित राष्ट्रिय सञ्जाल र इन्टरपिड नेपालको सहयोगमा सम्पन्न भएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL