Breaking News Monday, 11 May, 2026
Prestige Media

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ।

अहिले कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल तथा देशका बाँकी भू–भागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

नेताहरूको कार्यविभाजन गर्दै ओलीको अपील– निराश नहुनु, पार्टी पुनर्गठन हुन्छ

दिल्ली पुगे रास्वपा सभापति लामिछाने

आज गणतन्त्र दिवस, टुँडीखेलको कार्यक्रमलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

पेलिएरै आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन : खुश्बु ओली

श्रीमान्‌को कुटपिटबाट महिलाकाे मृत्यु

बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

प्रतिनिधिसभा बैठक बस्दै, आज

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

ओलीको असहमतिबीच बन्यो कार्यदल

पोखराको फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाइँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL