Breaking News Friday, 10 Feb, 2017
Prestige Media

निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा (एमाले) सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने पक्षमा सरकार रहेकाले कुनै पनि आशङ्का नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

निर्वाचन हुन नसके मुलुक विषम राजनीतिक सङ्कटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको एमाले उपाध्यक्ष, भीम रावलले जानकारी दिनुभयो ।

छलफलपछि रासससँग कुरा गर्दै उपाध्यक्ष रावलले भन्नुभयो – ‘‘हामीले तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरायाँै, उहाँले पनि सरकारले केही दिनभित्रै मिति घोषणा गर्ने वचन दिनुभएको छ ।’’

प्रधानमन्त्रीले समेत निर्वाचन नहुँदाको अप्ठ्यारो र त्यसले पार्ने प्रभावका बारेमा आफू सचेत रहेको बताउनुभएको उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा प्रमुख राजनीतिक दलबीच संवाद हुन छाडेको सन्दर्भमा आज प्रमुख दुई दलबीच संवाद भएको हो । संवादको संयोजन माओवादी केन्द्रका नेता श्रेष्ठले गर्नुभएको थियो ।

छलफलमा प्रमुख तीन दलबीच निर्वाचनको विषयमा सहमति जुटाउने, मधेस केन्द्रित दललाई समेत सहमतिमा ल्याएर शीघ्र निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL