Breaking News Wednesday, 8 Feb, 2017
Prestige Media

श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने नेतृत्व आवश्यक

पोखरा, २६ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचाँै अधिवेशनको आज यहाँ आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घको आगामी नेतृत्व श्रमजीवी पत्रकारका हकहितलाई सम्बोधन गर्नसक्ने किसिमको हुनुपर्नेमा जोड दिइएको छ ।

श्रमजीवी पत्रकारले वर्तमानमा पनि न्युनतम् पारिश्रमिक पाउन नसकेका जस्ता धेरै समस्या विद्यमान रहेको बताउँदै वक्ताहरूले सञ्चारमाध्यम अभैm पनि समावेशी बन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण श्रमजीवि सञ्चारकर्मीलाई समेट्नसक्ने किसिमको नेतृत्व वर्तमानको आवश्यकता भएको बताउँदै राज्यको सञ्चार नीति, सञ्चारमाध्यम सबै समावेशी बन्नुपर्ने बताउनुभयो ।

फोनिजका केन्द्रीय महासचिव गजुरधन राईले समावेशीताबाट मात्रै राष्ट्रिय सद्भाव एवम् एकता कायम गर्न सकिने बताउँदै पत्रकार महासङ्घको आगामी नेतृत्व सबैलाई समेटेर लैजानसक्ने हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रत्येक सञ्चारकर्मीले पत्रकारिताको धर्मलाई आत्मसात गरी कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

फोनिज कास्कीका अध्यक्ष हुम गुरुङ पेसागत हकहितका साथै आदिवासी जनजाति पत्रकारको अर्थपूर्ण सहभागिताका लागि फोनिज क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बराल, प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुषाल, तमु धिँ नेपालकी अध्यक्ष कर्मा गुरुङ, नेपाल पत्रकार महासङ्घ कास्कीको आसन्न निर्वाचनका अध्यक्ष पदका प्रत्यासी रमेश पौडेल र दिपेन्द्र श्रेष्ठ, मगर पत्रकार सङ्घका अध्यक्ष रुद्रबहादुर थापा, मीना गुरुङ, शान्ति गुरुङलगायतले पत्रकार महासङ्घको आसन्न अधिवेशनले पत्रकारका हकहितलाई स्थापित गराउँदै सबैलाई समेटेर लैजान सक्ने किसिमको नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL