Breaking News Wednesday, 8 Feb, 2017
Prestige Media

गणतन्त्र रोक्न खोज्नेलाई निस्तेज पार्नुपर्छ प्रम दाहाल

चितवन, २६ माघ । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई कार्यान्वयन गर्न नसके देशमा ठूलो दुर्घटना हुने बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘‘अहिलेको परिवर्तन माओवादीकै कारण सम्भव भएको हो । यसलाई अपनत्व गर्ने र संस्थागत गर्ने जिम्मेवारी पनि माओवादीकै काँधमा रहेको छ’’ भन्नुभयो ।

माओवादी कमजोर होस् भनेर एउटा शक्ति लागिरहेको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहालले हामी एक हुनसक्यौँं भने कसैले हामीलाई कमजोर बनाउन सक्दैन भन्नुभयो । उहाँले अब निर्वाचनतर्फ मुलुक केन्द्रित भएकाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले आफूहरु मुद्दामा एक हुन नसक्दा पछि परेको भन्दै तेस्रो शक्तिको रुपमा रहेको माओवादी आउँदो निर्वाचनमा पहिलो हुने गरी जनस्तरबाट सङ्गठनलाई एकतावद्ध बनाएर लैजान पनि निर्देशन दिनुभयो ।

माओवादीले मात्रै राष्ट्रलाई एकताबद्ध बनाएर अघि बढाउन सक्ने दाबी गर्दै उहाँले त्यसको प्रयत्नमा आफू जुटिरहेको बताउनुभयो ।

नेपालको राजनीतिलाई सही बाटोमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने समय आएको भन्दै प्रधानमन्त्री दाहालले यसका लागि पार्टीलाई पुनर्ताजगी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “दक्षिणपन्थी अतिराष्ट्रवाद बामपन्थको नाममा अहिलेको परिवर्तनलाई उल्टाउने कोसिस भइरहेको छ, तर अहिले त्यो सम्भव छैन ।” जातीय साम्प्रदायिक विखण्डनवादको प्रवृत्ति बढेर मुलुक द्वन्द्वमा फस्नसक्ने परिस्थिति बन्नसक्ने भन्दै उहाँले यसको रक्षाका लागि माओवादी लागिरहेको उल्लेख गर्नुभयो ।

संविधान सबैका लागि स्वीकार्यता बनाउन आवश्यक रहेको भन्दै त्यसकै पक्षमा अहिलेको सरकार लागिरहेको छ प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो “संविधान घोषणा हुँदा जुन आश्वासन हामीले दिएका थियौँं, त्यो पूरा गर्न हामी प्रतिबद्ध छौं ।” रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL