Breaking News Tuesday, 31 Jan, 2017
Prestige Media

रिक्त राजदूत तत्काल नियुक्त गर्न निर्देशन

काठमाडौँ, १८ माघ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विभिन्न मुलुकमा रिक्त राजदूत तत्काल नियुक्त गर्न आज नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकमा राजदूत नियुक्तिमा भइरहेको ढिलाइ र अवैतनिक राजदूतको कार्यप्रगतिका सम्बन्धमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग छलफलपछि सो निर्देशन दिइएको हो । समितिका सभापति प्रभु साहले लामो समयदेखि राजदूत रिक्त हुँदा सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक भूमिका कमजोर भएकाले तुरुन्त नियुक्ति गर्न निर्देशन दिने निर्णय भएको जानकारी दिनुभयो ।
हाल १४ मुलुकमा राजदूत रिक्त छन् । अघिल्लो सरकारले सिफारिस गरेका राजदूतको सुनुवाइ नहुँदै वर्तमान सरकारले फिर्ता लिएको थियो भने त्यसपछि छिमेकी भारत र चीनमा मात्र नयाँ राजदूत भएका छन् ।

बैठकले अवैतनिक महावाणिज्यदूतलाई स्पष्ट मापदण्डका आधारमा नियुक्ति, मूल्याङ्कन र कार्य प्रगति हासिल हुने गरी काम लगाउन पनि निर्देशन दिएको छ ।

समितिको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री डा महतले सत्ता गठबन्धनमा छलफल टुङ्गो लगाएर चाँडै राजदूत नियुक्तिका लागि आफूले प्रयास गरिरहेको जनाउँदै यथासमयमा नियुक्त हुने विश्वास दिलाउनुभयो ।

उहाँले छिमेकी मुलुकसित सम्बन्ध विस्तार र वैदेशिक रोजगारीमा रहेका नेपालीको हित र सुरक्षा गर्न आफूहरुले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारत वा चीनपरस्त भएर सरकार चलेको भन्ने टिप्पणीमा विश्वास नगर्न आग्रह गर्नुभयो ।

“हामी राष्ट्रिय आवश्यकता र हितलाई केन्द्रमा राखेर दुवै मुलुकसँग कूटनीतिक सम्बन्ध विस्तारमा लागेका छौँ । कुनै मुलुकपरस्त होइन, नेपालपरस्त भएर काम गरेका छाँै”, मन्त्री डा महतले भन्नुभयो, “कूटनीतिक विषयमा सडकमा कराएर भन्दा टेबलमा बसेर तर्कसङ्गत कुरा गर्दा उपलब्धि हात लाग्छ, परराष्ट्र नीतिबारे देशको साझा धारणा बनाउन मैले सबै दलका नेताहरुलाई आग्रह पनि गरेको छु ।”

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले हाल विभिन्न मुलुक र स्थानमा गरी ६४ अवैतनिक महावाणिज्यदूत रहेकामा केहीको कार्यावधि सकिएको र केहीका म्याद थपको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा ४१ जना अन्य देशका अवैतनिक महावाणिज्यदूत कार्यरत छन् ।

बैठकमा सांसदहरुले नयाँ सरकार गठनको छ महिनासम्म राजदूत नियुक्त हुन नसक्दा विभिन्न मुलुकमा नेपालीले हैरानी खेप्नुपरेको, श्रम सम्झौता नभएका मुलुकमा पनि कामदार पठाइएको, भारतसँगको सम्बन्धलाई बढी प्राथमिकता दिई चीनलाई चिढाइएको, स्पष्ट परराष्ट्र नीति नभएको भनी गुनासो गर्नुभएको थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL