Breaking News Thursday, 19 Jan, 2017
Prestige Media

औषधि पसलको टेन्डरमा मापदण्ड पुगेन

विराटनगर, ६ माघ । कोसी अञ्चल अस्पताल विराटनगरमा सरकारको निर्देशनअनुरुप फार्मेसी सञ्चालनमा समस्या देखिएको छ ।

फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न अस्पतालले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत पर्याप्त औषधिका लागि आवेदन नपरेपछि फार्मेसी सञ्चालनमा ढिलाइ भएको हो ।

सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले टेन्डर खोलेको थियो । एक महिना समय दिई आह्वान गरिएको पहिलो टेन्डरमा मापदण्डअनुरुप आवेदन नपरेपछि पुनः टेन्डर खोलिएको थियो । दोस्रोपटक खोलिएको टेन्डरमा मापदण्डअनुरुप कम्तीमा ४०० प्रकारका औषधि हुनुपर्नेमा त्यसको २५ प्रतिशत औषधिका लागि मात्र आवेदन परेको अस्पतालका सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले बताउनुभयो ।

“मापदण्डअनुरुप टेन्डरबाट औषधि नआउने देखिएकाले दोस्रो चरणबाट हामीले सय थरीका औषधिको टेन्डर बुझिसक्यौ, बाँकी ३०० प्रकारका औषधि आर्थिक नियमावली बमोजिम रु पाँच लाख बराबरको आफै व्यवस्था गर्छौं” – डा पोखरेलले बताउनुभयो ।

सरकारको निर्देशनअनुरुप अस्पतालले आफ्नो भवनमा सञ्चालन भइरहेको औषधि पसललाई बन्द गराई आफै फार्मेसी सञ्चालन गर्नुपर्ने छ । यसअघि सर्वोच्च अदालतले समेत देशका सबै सरकारी अस्पताललाई आफै फार्मेसी खोल्न निर्देशन दिइसकेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL