प्रमुख समाचार Friday, 13 Jan, 2017
Prestige Media

हेला गरिएकै अन्नबालीको माग बढ्दो

जुम्ला, २९ पुस । अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौ बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ ।

यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो । तर सडक खुलेसँगै यसको उत्पादनमा कमी आएको छ । यसलाई हेलाका रुपमा हेरिने गरिएको छ ।

बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा बताउनुहुन्छ । “जौ बालीमा कार्बोहाइडेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसबाटै लिटोपिठो, हर्लिक्स, बिस्कुटजस्ता चिज बनाइन्छ । स्वास्थ्यका लागि जौ निकै लाभदायक छ,” उहाँले भन्नुभयो ।

जौको विशेषता र यसले दिने पोषणका विषयमा अवगत नभएकाले र आयातित खाद्यान्नमा निर्भर हुन थालेपछि पछिल्ला वर्षमा यसको उत्पादनमा कमी आएको छ । आव २०६७÷६८ मा चार हजार ४०० हेक्टर जमिनमा छ हजार ६०० मेट्रिक टन जौ उत्पादन भएको थियो । आव २०७२÷७३ सम्म आइपुग्दा तीन हजार ८५० हेक्टरमा तीन हजार ४६५ मेट्रिक टन जौ उत्पादन भएको कार्यालयले जनाएको छ ।

कृषि प्राविधिक सहायक खेमराज शाही चालु आवमा अहिलेसम्ममा जुम्लाबाट २०० क्विन्टल जौ निर्यात भएको बताउनुहुन्छ । जौलाई कोदो, गहुँ र अन्य कृषिजन्य वस्तुसँग सहजै मिश्रण गरेर खान मिल्छ । जिल्लामा जौ प्रतिकिलो रु २८ मा खरिद गरी नेपालगन्ज–काठमाडौँसम्म पु¥याउँदा प्रतिकिलो रु ३६ देखि रु ३८ सम्ममा बिक्री हुन्छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL