Breaking News Friday, 13 Jan, 2017
Prestige Media

चुरेक्षेत्र सरक्षंण गर्न खोला र नदीमा तटबन्ध

डडेल्धुरा, २९ पुस । चुरेक्षत्र संरक्षणका लागि जिल्लाको रङ्गुन नदी र अन्य खहरे खोलामा तारजाली तथा जैविक तटबन्ध निर्माण गरिएको छ ।

बाढी, पहिरोका कारण पर्शुराम नगरपालिका र आलिताल गाविसअन्तर्गत चुरेक्षेत्रको वनजङ्गल विनासलाई रोक्नका लागि खहरे खोला र रङ्गुन नदीको १० किलोमिटर क्षेत्रमा तारजाली एव्म जैविक तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जानकारी दिनुभयो ।

पर्शुराम नगरपालिकाको जोगबुढा र आलितालमा वर्षेनि वर्षायाममा बाढी पहिरोका कारण मानवबस्ती, खेत र जङ्गल बगाई विनाश हुन थालेपछि रङ्गुन नदी र अन्य खोलामा पनि तटबन्ध निर्माण गर्न लागिएको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी दिनुभयो ।

राष्ट्रपति चुरे सरंक्षण कार्यक्रमको आर्थिक सहयोगमा जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय धनगढी र जिल्ला वन कार्यालय डडेल्धुराले तटबन्ध निर्माण गर्ने कार्य गरिरहेको इलाका वन कार्यालय जोगबुढाका सहायक वन अधिकृत चिरञ्जीवी थापामगरले बताउनुभयो ।

जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा रङ्गुन नदीमा करिब तीन किलोमिटर क्षेत्रमा तारजाली सहितको जैविक तटबन्धसमेत निर्माणकार्य सम्पन्न भइसकेको वन अधिकृत थापामगरले बताउनुभयो ।

यो वर्ष करिब रु ५० करोडको लगानीमा रङ्गुन नदी सघन नियन्त्रण गुरुयोजना अन्तर्गत रङ्गुन नदी र खहरेखोलाको १० किलोमिटर क्षेत्रमा बाढी पहिरोबाट बचाउनका लागि तारजालीलगायत ढुङ्गागिट्टी तथा खैर, वयर र अन्य रुखसमेत लगाई जैविक तटबन्ध लगाउने कार्य भइरहेको स्थानीय डम्बर कामीले बताउनुभयो ।

यो वर्ष मात्रै रङ्गुन नदीलगायत अन्य चुरेक्षेत्रका आसपासको बस्ती र खेतीयोग्य जमिनलाई बचाउनका लागि पर्शुराम नगरपालिका १२ लाढुङ्गामा पाँच किलोमिटर र वडा न–५ परिगाउँमा तीन किलोमिटर गरी करिब आठ किलोमिटर क्षेत्रमा तारजालीलगायत ढुङ्गाको तटबन्ध निर्माण कार्य सम्पन्न भएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

तत्कालका लागि अति जोखिममा रहेका र जैविक तथा भुस्खलन क्षेत्र, बस्ती र जङ्गल बचाउनका लागि रङ्गुनलगायत अन्य चुरे क्षेत्रका खहरे खोलाको करिब आठ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ भने अन्य न्यून जोखिम भएका क्षेत्रमा समेत तटबन्ध लगाइने जनाइएको छ ।

करोडांैको लगानीमा निर्माण भइरहेको रङ्गुन नदी सघन गुरु योजना अन्तर्गत तटबन्ध निर्माण कार्यले भित्रि मधेस क्षेत्रका बस्ती र उर्वर खेतियोग्य जमिनको संरक्षण एव्म चुरे क्षेत्रको वन जङ्गलसमेत विकास हुने सरोकारवालाले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL