Breaking News Friday, 13 Jan, 2017
Prestige Media

कालीगण्डकीबाट अवैधरुपमा गिटी बालुवा उत्खनन्

फलेवास (पर्वत), २९ पुस । कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ ।

प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन् । दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ ।

पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै सञ्चालनमा रहेका क्रसर उद्योगले मध्यरातमा उत्खनन गर्न थालेका हुन् । वर्षायाममा रोकिएको उत्खनन कार्य नदीमा पानीको बहाव रोकिएलगत्तै पुनः सुरु भएको छ ।

जिल्ला विकास समितिले दिएको मापदण्डविपरीत नै हुने गरी कालीगण्डकीको बहाव परिवर्तन गरेर दैनिकजसो बालुवा, ढुङ्गा र गिटी उत्खनन गर्न थालेपछि स्थानीयवासीसमेत समस्यामा परेका छन् । जिविसले चालु आवका लागि कुल रु ७५ लाख २० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

दिनमा प्रहरी प्रशासनको आँखा छल्नका लागि मजदुरमार्फत खनिएको जस्तो देखाए पनि मध्यरातमा डोजर र एक्साभेटर लगाएर दोहन भइरहेको स्थानीयवासीले बताएका छन् । गत वर्ष पनि यसरी नै दोहन भए पनि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएपछि रोकिएको थियो ।

जिविससँग ठेक्का सम्झौता भए पनि सम्झौताविपरीत उत्खनन गरेको पाइएको स्वयम् जिविसले नै स्वीकार गरेको छ । स्थानीयवासीले रातिको समयमा उत्खनन गर्दा आसपासमा बसोबास गर्न समस्या भएको र सोही कारण वर्षायाममा पनि झन जोखिम बढ्ने भएकाले तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।

क्षेत्रीय प्रशासक खगराज बरालले केही समयअघि रातिमा कालीगण्डकी दोहन गरेको गुनासो आएपछि स्थानीय प्रशासनलाई तत्काल रोक्न निर्देशन दिएको बताउनुभयो ।

प्रजिअ शम्भुप्रसाद मरासिनीले जिविस, प्रहरी र प्रशासनको टोलीले अनुगमन गरेको र जिविससँग भएको सम्झौताविपरीतका कार्य भएको पाइएमा आवश्यक कारबाही गर्न भनी जिविसलाई निर्देशन दिएको बताउनुभयो ।

रातभरि डोजर लगाएर उत्खनन गर्ने, दिउँसो केही मजदुर लगाएर थुप्रो बनाएजस्तो गर्ने र पुनः रात परेपछि डोजर र ट्रिपरको सहायताले उत्खनन गर्ने कार्य भइरहेको स्थानीयवासी रेशम मल्लले जानकारी दिनुभयो ।

क्रसर व्यवसायी रामकृष्ण मल्लले जिविससँग सम्झौता भएबमोजिम नै ढुङ्गा, बालुवा, गिटी निकालेको बताउनुभयो । जसले ठेक्का लिएका छन्, उसैले आफ्नै क्रसर उद्योगसमेत सञ्चालन गरेर विगत केही वर्षदेखि दोहनको शृङ्खला सञ्चालन गरेका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL