Breaking News Thursday, 12 Jan, 2017
Prestige Media

फोटोसहितको मतदाता नामावली सङ्कलन तिब्र गतिमा

प्यूठान, २८ पुस । प्यूठान जिल्लामा सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य जिल्लाका १६ ठाउँमा सम्पन्न भएको छ ।

उत्तरी प्यूठानका रजवारा, अर्खा, डामृ, स्याउलिवाङ क्षेत्रमा अभियान सम्पन्न भएको हो । त्यस्तै कोचिवाङ, स्वर्गद्वारी, भिंगृसहित धुवाङ, पकला र बरौैँलामा पनि नामावली सङ्कलन तथा अद्यावधिक कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै प्यूठान नगरपालिका वडा नं १ देखि ६ सम्ममा पनि अभियान सम्पन्न भएको छ । हालसम्म सम्पन्न भएका क्षेत्रबाट नयाँ ३५७ जना मतदाता थपिएको निर्वाचन अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका ४२ गाविस तथा एक नगरपालिकाका सम्पूर्ण वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अध्यावधिक गर्ने गरी पुस १७ गतेदेखि सुरु भएको सङ्कलन अभियान माघ ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म मताधिकार भएका नागरिकको सङ्ख्या एक लाख २८ हजार १०८ जना पुगेको छ ।

विसं २०६७ देखि सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा अहिलेसम्ममा ६७ हजार, ४९० जना महिला, ६० हजार ६१७ जना पुरुष र एक समलिङ्गीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नेपालको संविधान र निर्वाचन आयोगले पनि अहिले स्थानीय तथा प्रदेश तहसहित राष्ट्रिय सभाको निर्वाचन परिकल्पना गरेकाले निर्वाचनमा नामावली समावेश गर्नका लागि स्थानीयवासीको सक्रियता देखिएको प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लामा रोजगारीको सिलसिलामा विदेशिएका युवा धेरै भएकै कारण जिल्लामा पुरुषको भन्दा महिलाको सङ्ख्या मतदाता नामावलीमा धेरै भएको कार्यालयले जनाएको छ । विदेशिएका युवा मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफ्नो मताधिकारबाट पनि वञ्चित भएका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL