खेलकुद Thursday, 5 Jun, 2025
Prestige Media

आइसिसी विश्वकप लिग-२: नेपाल विजयी

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत सम्पन्न खेलमा नेपाल विजयी भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए ।

यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए । भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL